News Portal

प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट

मोटिभेटन्यूज संवाददाता
१६५ पटक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि सुरक्षा थ्रेट रहेको बताएका छन् । पार्टी कार्यलय धुम्बाराहीमा बस्ने भनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरक्षा थ्रेटका कारण सारिएको छ । प्रधानमन्त्रीले आफूमाथि सुरक्षा थ्रेट रहेको बताएपछि आजको बैठक प्रधानमन्त्री कार्यलय बालुवाटारमा सारिएको हो ।

पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनेको सचिवालय बैठकमा प्रधानमन्त्रीले असुरक्षाको कारण देखारर जान नमानेपछि बैठक बालुवाटारमा सारिएको एक सचिवालय सदस्यले बताए । मंसिर १३ गते बसेको सचिवालय बैठकले आजको बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने निर्णय गरेको थियो ।

बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रस्तावमाथि लिखित जवाफ दिने तयारी छ।

२०७७ मंसीर १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्