News Portal

बिबाह गर्दै रमेश प्रसाईँ, यी हुनेवाला दुलही

मोटिभेटन्यूज संवाददाता
१९५ पटक

काठमाडौं – चर्चित वक्ता तथा गायक रमेश प्रसाई बिबाह वन्धन गर्ने भएका छन् । कालीकोटकी नन्दा सिंहसँग विवाह गर्न लागेका हुन् ।

रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन बिबाह गर्न लागेका हुन् । उनीहरु दुवै दृष्टिविहिन हुन् ।

अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । उनी पछिल्लो समय टेलिभिजन कार्यक्रम इन्द्रेणीमासमेत आवद्ध छन् ।

नन्दा भने समाजसेवामा छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । ३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए ।

३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । रमेशले बिबाहको प्रस्ताव राखेका थिए । नन्दा र रमेशको बिहे धरानबाट हुने वुझिएको छ ।

२०७७ मंसीर १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्