News Portal

कोभिड–१९ खोप प्रयोगका लागि विश्वमै पहिलो अनुमति

मोटिभेटन्यूज संवाददाता
८८ पटक

एजेन्सी। बेलायत कोभिड–१९ को भ्याक्सिन प्रयोगका लागि अनुमोदन गर्ने विश्वको पहिलो देश बनेको छ। यो अर्को हप्ताबाट कार्यान्वयन हुने बताइएको छ। “सरकारले आज स्वतन्त्र चिकित्सा तथा स्वास्थ्य सेवा नियामक एजेन्सी एमएचआरए बाट फाइजर–बायोएनटेकको कोभिड १९ खोप प्रयोग गर्नका लागि सिफारिस स्वीकृत गरेको छ,” सरकारले एक विज्ञप्तिमा भनेको छ।

“यो खोप अर्को हप्ता देखि बेलायतभर उपलब्ध हुनेछ”, विज्ञप्तिमा भनिएको छ। स्वास्थ्य सचिव म्याट ह्यान्ककले कार्यक्रम अर्को हप्ताको सुरूमै सुरु हुने बताए। “यो एकदम राम्रो समाचार हो”, ह्यान्ककले भने। कुन समूहहरूलाई प्राथमिकता दिने भन्नेबारे बेलायतको खोप समितिले निर्णय लिने बताइएको छ।

२०७७ मंसीर १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्