अमर मगर

गाउंको बिचबाट नागवेली आकारमा
बहेको त्यो वस्तु र मान्छे
दुबै हिड्ने गोरेटा भरि
आफ्ना प्रतिछांयाहरु बिम्बित भएको महसुस हुन्छ।
अनि मनको एकछेउमा
थोरै खुशिको मातले छुन्छ।
त्यो गोरेटा भरि ,
आफ्ना पाईलाहरु
उकालो ओरालो गरेर
तिम्रो घर आउंदा जांदा गरेको
प्रतिबिम्बित भएर
स्पन्दन् भरि कुनाहरुमा
सल्बलाईरहेको अहिलेपनि भान हुन्छ
सायद त्यो प्रेम थियो कि १
यदि थियो भने,
सौरभमय काल थियो त्यो प्रेमको।
२०७७ मंसीर १७ गते प्रकाशित
