इलाममा भोलीदेखि एक हप्तासम्म लकडाउन हुने


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, मंसिर १८ २०७७
16.9K
SHARES

इलाम – इलाम नगरपालिकामा शुक्रबारदेखि लकडाउन घोषणा गरिएको छ । इलाम नगरपालिकाले आज एक विज्ञप्ति जारी गर्दै मंसिर १९ गतेदेखि २४ गतेसम्म लकडाउनको घोषणा गरेको हो ।

कोरोना भाइरस महामारीका कारण नगर क्षेत्रमा केही व्यक्तिको मृत्यु भएको र केही व्यक्तिहरुमा कोरोना पोजेटिभ देखिएका कारण लकडाउनको घोषणा गरिएको नगरपालिकाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा नगरपालिका क्षेत्रमा अत्यावश्यक सेवा (खानेपानी, दमकल, एम्बुलेन्स, आकस्मिक स्वास्थ्य सेवा) बाहेक अन्य सम्पूर्ण सेवाहरु स्थगित गर्ने जनाइएको छ । त्यस्तै २१ गतेदेखि शुरु हुने कक्षा ११ को परीक्षाको कार्यतालिका परिवर्तन गरी २६ गतेदेखि सञ्चालन गराउन समेत दिर्नेशन दिइएको छ ।