News Portal

चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’ बन्द हुँदै, यस्तो छ कारण

मोटिभेटन्यूज संवाददाता
३८८ पटक

काठमाडौं – चर्चित टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँग बन्द हुने भएको छ । सञ्चारकर्मी रवि लामिछाने प्रस्तोता रहेको उक्त कार्यक्रम आगामी हप्ताबाट बन्द हुन लागेको हो ।

प्रस्तोता रवि लामिछानेले टेलिभिजन छोडेर अर्कै व्यवसाय गर्ने भएपछि कार्यक्रम बन्द हुने भएको हो । न्यूज २४ बाट हप्ताको तीन दिन प्रसारण हुने सो कार्यक्रम आगामी हप्ता अन्तिम पटक प्रशारण हुने छ ।

टेलिभिजन र कार्यक्रमको उत्पादक संस्था वेलकम एड्भटाइजिङबीचमा टकराव आएर कुरा नमिल्दा विगत केही महिनादेखि कार्यक्रमको गुणस्तरियतामा पनि कमी आएको थियो । टेलिभिजनलाई विज्ञापन एजेन्सीले सम्झौता अनुसारको भुक्तानी नगरेपछि सम्बन्ध विग्रीएको बताइएको छ ।

यो सम्बन्धलाई सुधार्न नसक्दा रवि लामिछाने चेपुवामा परेका छन् । उनलाई टेलिभिजन कार्यक्रम छोड्न मन नभएपनि अहिले बाध्यता भएको बुझिएको छ । रवि लामिछानेको कार्यक्रम ‘सिधाकुरा जनतासँग’ वेलकम एड्भटाइजिङले उत्पादन तथा प्रशारण गर्दै आएको थियो ।

सम्बन्ध विग्रीए पनि उक्त कार्यक्रमलाई टेलिभिजनले निरन्तरता दिएको थियो । तर पछिल्लो समय खर्च धान्न नसकेर टेलिभिजनले उक्त कार्यक्रम केही महिनाका लागि रोक्न लागेको टेलिभिज निकट श्रोतको भनाई छ ।

फेरी सुचारु हुने कार्यक्रमका रवि लामिछानेलाई प्रस्तोताका रुपमा देख्न नसकिने बताइएको छ ।

२०७७ मंसीर १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्