News Portal

राइटपाथले गर्यो सपनालाई सम्मान

मोटिभेटन्यूज संवाददाता
२२९ पटक

काठमाडौं – पुतलीसडकमा रहेको राइटपाथ करिअर काउन्सिलिङले दुई जना समाजसेवीहरुलाई सम्मान गरेको छ । राइटपाथको कार्यलयमा आयोजित एक कार्यक्रमकाबीच समाजसेवी सपना रोका मगर र सोनाली पुन मगरलाई सम्मान गरेको हो ।

बीबीसीको शक्तिशाली र प्रेरणादायी १०० महिला भित्र पर्न सफल सपनालाई राइटपाथले सहयोग रु दश हजार (१०,०००।–) सहित सम्मान गरेको हो । त्यस्तै सोनाली पुन मगरलाई पनि सम्मान पत्रले सम्मान गरिएको छ ।

बेवारिसे लासहरुको व्यवस्थापन गर्दै आवश्यक परे सदगतसमेत गर्दै आएकी सपना र दिन दुःखीको पिडामा मल्हम लगाउँदै आएकी सोनालीलाई राइटपाथले संयुक्त रुपमा सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै राइटपाथ करिअर काउन्सिलिङका सीईओ फिलिप डिसीले सानो उमेरमा उदाहरणीय काम गरेर युवामा प्रेरणा प्रदान गरेकाले उनीहरुलाई थप उर्जा भर्नका लागि सम्मान गरिएको बताए । नेपालमा धेरै युवाहरुमा निरासा छाएको छ, उक्त निरासालाई शक्तिमा परिणत गरेर नयाँ जिन्दगीको सुरुवात गरेका दुई जना नारिहरुलाई सम्मान गरेर सकारात्मक सन्देश दिन खोजेको उनको भनाई छ ।

उक्त कार्यक्रममा बोल्दै सपनाले यो सम्मानले आफूलाई थप उत्प्रेरणा प्रदान गरेको बताइन् । ‘हिजोका दिनमा जिन्दगीदेखि हारेको मान्छे, आत्माहत्या गर्नेसम्म पुगेपनि मर्नु समस्याको समाधान होइन भन्ने बुझेर मैले नयाँ जिन्दगीको सुरुवात गरेको छु ।’, युवाहरुलाई सकारात्मक सन्देश दिन भन्दै आयोजना गरिएको सम्मान कार्यक्रममा बोल्दै उनले भनिन्, ‘यदी म मरेर गएको भए आज यो दिन आउने थिएन । समस्याबाट भाग्नभन्दा समाधानको उपाय निकाल्दै फरक सोच्न सके राम्रो हुन्छ ।’

त्यस्तै, सम्मान कार्यक्रममा बोल्दै सोनालीले आफ्नो समाजसेवामा सहयोग गर्ने सबैलाई धन्यबाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताइन् ।

विगत लामो समयदेखि अब्रोड स्टडिको काम गर्दै आएको राइटपाथले नेपाली विद्यार्थीहरुलाई अध्ययनका लागि विभिन्न देशमा पठाउँदै आएको छ । पछिल्लो समय राइटपाथ बेलायत अध्ययनका लागि नेपालको उत्कृष्ट कन्सल्टेन्सीका पर्न सफल भएको छ ।

त्यस्तै, राइटपाथले करिब चालिस हजार बराबरको के एन 95माक्स पनि बितरण गरेको थियो ।

२०७७ मंसीर १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्