प्रतिक्रियावादीहरुको भ्रम चिर्न भव्य सभा हुँदै


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शुक्रबार, मंसिर १९ २०७७
14.7K
SHARES

काठमाडौं – स्वतन्त्र राष्ट्रिय अभियान नेपालले शनिबार विहान भव्य आमसभाको गर्ने भएको छ । प्रतिक्रियावादी तथा पुनरउत्थानवादीहरुको बढ्दोे भ्रमलाई चिर्न उक्त आमसभाको आयोजना गरिएको हो ।

कार्यक्रम विहान ७ बजेट ४५ मिनेटदेखि सुरु हुने स्वतन्त्र राष्ट्रिय अभियानले जनाएको छ । उक्त कार्यक्रममा गणतन्त्रका पक्षमा रहेका आम नेपालीहरुलाई सहभागीताका लागि आह्वान गरिएको छ ।

विहान ७ः४५ बजे भृकुटीमण्डपमा जम्मा भएर ¥यालीसहित माइतीघर मण्डलामा पुगेर आमसभा गरिने स्वतन्त्र राष्ट्रिय अभियान नेपालका अभियान्ता केके थापाले बताए । उक्त आमसभालाई अभियान्ता कृष्ण प्रसाईं, केके थापा, सन्तोष अधिकारी र नविन मैनालीले सम्बोधन गर्ने बताइएको छ ।

‘पछिल्लो समय देशमा गणतन्त्र विरोधी नाराहरु लाग्न थालेका छन् । प्रतिक्रियावादी तथा पुनरउत्थानवादीहरुको अतिवाद बढ्दो छ,’ मोटिभेट न्यूजसँग कुरा गर्दै स्वतन्त्र राष्ट्रिय अभियानका अभियान्त थापाले भने, ‘त्यसको प्रतिकार गर्न र जनतालाई भ्रमबाट मुक्त पार्न ¥याली तथा आमसभाको आयोजना गरिएको हो ।’

थापाले उक्त आमसभामा सहभागी भई गणतन्त्रको रक्षाका लागि हातेमालो गर्न सबैलाई आग्रह गरेका छन् ।