
काठमाडौं – सन्ध्या बुढा (काउली बुढी)को आवाजमा रहेको मर्मस्पर्शी गीत सर्वाजनिक भएको छ । सोमबार विहान युट्यव मार्फत सार्वजनिक भएको ‘के बाच्नु र चोटै चोट सहि’ बोलको गीतमा रेबन्ता बुढाथोकी, सरन पंगेनी र सुमन अधिकारीले अभिनय गरेका छन् ।
आरसी न्यौपानेको शव्द रहेको यो गीतमा काउली बुढी र मन्जीत पहाडीको आवाज रहेको छ । गीतमा अर्जुन रसाईँलीको संगीत रहेको छ भने यो गीतलाई मेशना डिजिटलले बजार व्यवस्थापन गरेको छ ।
मेशना डिजिटलले बजारमा ल्याएको यो गीतको भिडियो निर्देशन रोशन परियारले गरेका छन् । गीतमा रेबन्ता बुढाथोकी र सरन पंगेनीको प्रेम कथालाई प्रस्तुत गरिएको छ ।
एक दर्जन भन्दा बढी गीतमा अभिनय गरिसकेकी रेबन्ताको यो गीतमा दमदार अभिनय देख्न सकिन्छ । लामो समयदेखि सांगीतिक क्षेत्रमा रमाउँदै आएकी उनको यो गीतले राम्रो बजार पाउने अपेक्षा गरिएको छ ।
युट्युवमा अपलोड भएको छोटो समयमा उनलाई धेरै दर्शकले रुचाएका छन् ।
२०७७ मंसीर २९ गते प्रकाशित
