News Portal

विद्यार्थीलाई सहि परामर्श दिनु नै शताक्षीको विशेषता हो (भिडियो सहित)

रमेश लामिछाने
१३२ पटक

काठमाडौं – नेपालमा धेरै विद्यार्थीहरु परामर्शको अभावमा आफ्नो जीवनलाई बर्बाद पारिरहेका छन् । आफ्नो रुची र योग्यताले मिल्ने खालको शिक्षा आर्जन गर्न छोडेर धेरै विद्यार्थीहरु साथीको लहलैमा लागेर वा अभिभावको दवावमा परेर आफ्नो जिन्दगी बर्वाद गरिरहेका छन् ।

विद्यार्थीको रुची एउटा हुने र अभिभावको रुची अर्कै हुने हुँदा युवाहरुले अपेक्षाकृत सफलता हात पार्न सकेका छैनन् । अहिले पनि यो समस्या यथावत छ । यहि समस्यालाई देखेर यसको समाधान गर्नपर्छ भन्दै काठमाडौंको पुतलीसडकमा स्थापना भयो शताक्षी एजुकेशनल फउण्डेशन ।

नेपाली विद्यार्थीहरुलाई सहि परामर्श दिन र उनीहरुको उज्वल भविश्यलाई साकार पार्नका लागि स्थापना भएको शताक्षीले नेपालका नाम चलेका कलेजहरुमा भर्नाका लागि परामर्श दिन थाल्यो । शताक्षीले स्थापनाकालदेखि नै शिक्षा जुन देशमाबाट पनि लिनसकिन्छ भन्ने मान्यतालाई अंकिकार गर्दें विश्वका उत्कृष्ठ कलेजहरुमा नेपाली विद्यार्थीहरुलाई भर्नाका लागि परामर्शसमेत दिन सुरु गर्यो ।

नेपालमा पर्याप्त अवसर नभएकाले वा अन्तराराष्ट्रिय स्तरमा यहाँको शिक्षाले अपेक्षित मान्यता पाउन नसकेकाले विदेशको अध्ययन आक्रषण बन्न पुग्यो । र शताक्षीले पनि नेपालमा भन्दा विदेशमा धेरै विद्यार्थीहरुलाई परामर्श दिन थाल्यो ।

कसरी जन्मियो शताक्षी ?

सताक्षी एजुकेशनल फाउण्डेशका संचालक हुन उमेश ढुंगेल । लामो समय शिक्षण पेशामा सक्रिय रहेका ढुङ्गेलले २०६३ सालमा शताक्षी एजुकेशनल फाउन्डेशनको स्थापना गरेका हुन् । आफूमार्फत सेवा लिने हरेक विद्यार्थीलाई आफ्नै छोरीजस्तो देखुँ र उनीहरुलाई नराम्रो कहिल्यै गर्न नपरोस् भनेर आफ्नी जेठी छोरिको नामबाट उनले यो कन्सल्टेन्सीको सुरुवात गरेका हुन् ।

‘मैले छोरीको जिम्मेवारी लिएझै अरु विद्यार्थीको पनि पूर्ण जिम्मेवारी लिएर काम गर्न सकुँ भनेर छोरीकै नाममा कन्सल्टेन्सी खोलेको हुँ ।’ उनले भने, ‘शिक्षण र परामर्श पेशमै जिन्दगी विताइयो । सबैको राम्रो गर्न सके मात्र आफ्नो पनि राम्रो हुन्छ भन्ने सोचेर कसैलाई पनि नराम्रो नहोेस भन्दै सताक्षीको स्थापना भयो ।’

सताक्षी स्थापना हुनुमा पनि ठूलै संयोग छ । उनी पेशाले शिक्षक हुन । मास्टर्स पढ्दै गर्दा साथीहरुसँगको सहकार्यमा काठमाडौंको गोङ्गबुमा उनले एउटा बोडिङ स्कुल खोले । उक्त स्कुलको नाम थियो, ‘लार्के इङलिस एकेडेमी।’ यो आफ्नै स्कुल र अन्य शैक्षिक संस्थाहरुमा आवद्ध हुँदै गर्दा उनले नेपालका स्कुल कलेजमा विद्यार्थीमा राम्रो परामर्शको अभाब रहेको महसुस गरे। यहि कारणले गर्दा कति विद्यार्थीहरु गाउँ – गाउँबाट उत्कृष्ट नतिजा बोकेर आएपनि उपयुक्त मार्गनिर्देशनकोे अभावमा बिचमै कलेज छोडेर पेट पाल्ने उपाय अपनाउने गरेको उनलाई जानकारी भयो । यहि व्यावसायिक परामर्शको अभाव र यसको सम्भावनाले उनलाई कन्सल्टेन्सी पेशातीर मोडिन प्रेरित गर्यो।

अन्य ४ साथीहरूसँग मिलेर संयुक्त रुपमा एउटा कन्सल्टेन्सीको सुरुवात गरे। अलमलमा रहेका विद्यार्थीलाई परामर्श दिएर समाजमा गतिलो छाप छोड्ने उनको लक्ष्यमा पुग्न उक्त कन्सल्टेन्सी असफल भएपछि उनी त्यहाँबाट बाहिरिए । ४ जना संस्थापक रहेकाले ४ वटा निर्णय सुन्नुपर्ने, काममा ढिलासुस्ती हुने आदी कारणले उनले उक्त कन्सल्टेन्सी छोड्न पर्यो । त्यहाँबाट बाहिरिए पछि सुरु भयो अहिलेको शताक्षी एजुकेशनल फाउन्डेसन । त्यसपछि उनले विभिन्न शैक्षिक संस्थामा लिएको शिक्षण अनुभव र शिक्षक, सहायक प्रधानाध्यापक हुँदै प्रधानाध्यापकसम्म बनाएको शिक्षण पेशालाई पूर्ण रुपमा त्याग्दै परामर्शलाई नै आफ्नो पूर्णकालिन पेशा बनाए।

शताक्षीले ‘सर्भिस बिफोर सेल्फ’ अर्थात् आफूभन्दा अघि सेवा भन्ने मान्यता राखेर सेवा गरिरहेको उनको भनाइ छ। कन्सल्टेन्सीहरुले वास्तविक अवस्था र विवरण देखाएर मात्रै विद्यार्थीलाई परामर्श दिनुपर्ने उनको धारणा छ। धेरै नेपाली विद्यार्थी तथा अबिभावकहरु फलानोको छोरा गयो मलाई नि त्यहि देश पठाइदिनुस् भन्दै आउने भएपनि आफूहरुले भने त्यसको बारेमा सम्पूर्ण जानकारी दिएर अफोर्ड गर्न सक्नुहुन्छ पुनः सोचेर आउनुस भनेर पठाउने गरेको उनको भनाइ छ।

कन्सल्टेन्सी सम्बन्धी आधा ज्ञान भएका मानिसहरुले काम गर्न विद्यार्थी विदेश पठाए भन्ने आरोप लगाउने गरेको उनको भनाई छ । तर यो क्षेत्र राम्रोसँग बुझेका हरुले भने आफूहरुकै कारण अरु कसैको जिन्दगीमा ठूलो प्रभाव परेको कुरा मनन् गर्ने गरेको उनको बुझाई छ। ‘एउटा परामर्शदाता परिवर्तनको सम्बाहक हो’ उनी भन्छन्, ‘हामी भनेको माझी जस्तै हौ, यात्रु तारिरहन्छौ गन्तव्यमा पुगेपछि उनीहरुले दिने धन्यवाद रुपि शब्दनै हाम्रो उपलब्धि हो।’

को हुन ढुङ्गेल ?

रामेछापको पकरबासमा जन्मिएका ढुङ्गेलले परामर्श र शिक्षण पेशामा २६ बर्ष बिताइसकेका छन् । तीन ओटा विषयमा मास्टर्स गरेका उनी अङ्ग्रेजी साहित्यमा एमफिलसम्मको अध्ययन गरेका छन् । उनको जिन्दगी फर्केर हेर्दा यो अध्ययन धेरै मानिसका लागि असामान्य हो ।

उनको यो सफलता देख्दा लोभिनेहरु उनको विगत सम्झिदा गहभरी आँसु पार्दै अच्चम मान्ने गर्छन् । उनीले आफ्नो बुवाको अनुहार राम्रोसँग देख्न समेत पाएनन् । उनी ४ बर्षको हुँदा बुवाको स्वर्गवास भयो । तीन दिदी र उनीमात्र नभइ बुबा बितेको केही दिनपछि जन्मिएकी बहिनीको समेत रेखदेखको जिम्मेवारी उनको आमाको काधमा आइपुग्यो। उनका बुबापनि बित्नुभन्दा अघि शिक्षासेवी नै थिए। रामेछापको पकरबासमा तत्कालीन अबस्थामा प्रयागेश्वर माबिको सुरुवात बुवाले गरेकाले उनलाई शिक्षा आर्जनमा खासै असहज भएन । दुःख सुख गरेर आमाले एसएलसी सम्म पढाईदिएपछि उनी थप अध्ययनका लागि चितवन झरे ।

त्यहाँ आफ्नी जेठीदिदीको घरमा केही दिन बसेपछि उनलाई लाग्यो, ‘सधै यसरी आश्रीत भएर बस्नु हुँदैन, केही भोग्नुपर्छ, सिक्नुपर्छ ।’ उनी सुरु भयो उनको कोठाको जिन्दगी । कोठामै कक्षा १० का विद्यार्थीहरु ट्युसन पढ्न आउने हुँदा बाँच्न उनलाई केही सहज भएको थियो । तरपनि त्यो प्रयाप्त थिएन । सानो आम्दानीले खाना बस्न नपुग्दा कति दिन भोकै हिडेको अनुभव उनीसँग छ । यसरी लगनशिल भएर ट्युसन पढाएको र विद्यार्थीको नतिजामा ठूलो फरक पारेको देखेर ती विद्यार्थी पढ्ने स्कुलले उनलाई शिक्षणका लागि नियुक्ति दियो।

केही समयको चितवनको बसाइ सकेर उनी काठमाडौं छिरे। यहाँ आएपछि भने उनले अझै धेरै कठिनाइहरु झेल्नुपर्यो। यहाँ न कोही आफ्नो थियो न सजिलै जागिर पाए। करिब ३ महिना उनले विभिन्न स्कुलहरुमा जागिरको कोसिस् गरेपनि त्यो सफल हुन सकेन। त्यसपछि उनले एउटा सहकारीमा काम पाए। जानेको र रुचीको क्षेत्र त्यो नभएपनि बाच्नका लागि त्यो काम गरे। केहि समयपछि उनले एउटा स्कुलमा होस्टल वार्डेनसहित पढाउने काम पाए। त्यो समय उनी बिहानदेखि बेलुकासम्म पढाउनमै ब्यस्त हुने हुँदा आफ्नो पढाइबारे सोच्न पनि नभ्याएको सम्झिन्छन् । उनी भन्छन्, ‘त्यतिबेला काममा यती तल्लिन भइएछ कि आफ्नो पनि पढाइ छ भन्ने त परिक्षा आएपछि मात्रै थाहा भयो ।’ यसरी दुख सुख गरी उनले स्नातक सम्मको अध्ययन पुरा गरे।

कोरोनाले समस्या

कोरोनाको यो महामारीले कन्सल्टेन्सी क्षेत्र अतिनै प्रभावित भएको छ । सरकारले अति प्रभावित क्षेत्रको सूचीमा राखेकोबाटै कति असर परेको छ भनेर बुझ्न सकिने उनको भनाइ छ। तरपनि यो विषम परिस्थितिमा सताक्षीले भने बैकल्पिक माध्यम अपनाएर आफ्नो काम गरिरहेको छ।

विभिन्न प्रबिधीको प्रयोग गरेर विद्यार्थीको घरमै परामर्स सेवा पुराइरहेको छ सताक्षीले । २४ सै घण्टा सातै दिन आफूहरु विद्यार्थीहरुको जिज्ञासा समाधान गर्न तयार रहेको ढुङ्गलको भनाइ छ। घाटाको मात्रै कुरा गर्नुभन्दा पनि कोरोनाले दिएको सन्देशलाई मनन् गरेर यो समस्यालाई अबसरमा बदल्नुपर्ने उनको बुझाई छ । ‘अब हामीले प्रबिधि प्रती अभ्यस्त हुँदै हाम्रा शिक्षा प्रणालीमा व्यापक सुधार ल्याउने बेला भएको छ’ उनले अगाडि भने।

आम नेपाली युवाहरुलाई पाएको शिक्षाको अबसरलाई सहि सदुपयोग गर्दै रुचीलाई नै पेशा बनाउन उनी आग्रह गर्छन् । भोलि भनेर कुरेर बस्दा प्रगती नहुने भन्दै उनी आजै, अहिलेबाटै आफूसँग जे क्षमता छ त्यो क्षेत्रमा लाग्न र त्यसैलाई क्रमश विकासको बाटोतिर लान उनी आग्रह गर्छन् ।

२०७७ मंसीर २९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्