News Portal

इक्यानको १४औं शैक्षिक मेला माघमा हुने

मोटिभेटन्यूज संवाददाता
१३१ पटक

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजनामा १४ औं इक्यान शैक्षिक मेला भर्चुअल माध्यामबाट हुने भएको छ । कोरोना महामारीका कारण भौतिक रुपमा उपस्थित हुन नसकेपनि भर्चुअल माध्ययमबाट यही माघ २ गतेदेखि ५ गतेसम्म बृहत शैक्षिक मेलाको आयोजना गरिने भएको हो ।

इक्यानले कोरोना महामारीका कारण समयमा आयोजना हुन नसकेको मेला भौतिक रुपमा उपस्थित हुने अवस्था नभएकाले अनलाइनमार्फत् गर्न लागिएको जनाएको छ । विद्यार्थी, अभिभावक लगायतलाई सहि परामर्श दिने उद्देश्यसहित शैक्षिक मेला आयोजना गर्न लागिएको इक्यानका महासचिव दिपराज भुषालले बताए ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै भुषालले बैदेशिक अध्ययन सम्बन्धी सम्पूर्ण जानकारी दिनका लागि शैक्षिक मेलाको आयोजना गर्न लागिएको बताएका छन् । भुषालले अनलाइन मेलामा उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी, उनीहरुका अभिभावक तथा सरोकारवाला पक्षहरुले सहभागी भइ विभिन्न प्रकारका शैक्षिक जानकारी लिन र जिज्ञाशा मेट्न सकिने बताए ।

मेलाको व्यवस्थापन वान अप प्रा.लिले गर्ने विज्ञप्तिमा उल्लेख छ ।

२०७७ मंसीर ३० गते प्रकाशित

प्रतिकृया दिनुहोस्