मोटिभेटन्यूज संवाददाता

काठमाडौं – लोकप्रिय सर्जक आशिर प्रताप जंगको दमदार अभिनय रहेको नयाँ गीत ‘कलेजी’ सार्वजनिक भएको छ ।
बहु चर्चित गायिका पूर्णकला बिसि र श्रीकृष्ण अर्यालाको आवाजमा रहेको ‘कलेजी’ बोलको गीतमा सारिका के.सि र आशिर प्रताप जंगले अभिनय गरेका छन् ।
यस गीतमा गणेश अधिकारीको लय, शब्द रहेको छ भने यो गीतलाई योग्सना डिजिटल म्युजिक प्रा.ली. ले बजार व्यवस्थापन गरेको छ ।
यस गीतलाई पछिल्लो समयका सर्वाधिक चर्चामा रहेका निर्देशक कपिल लामाको निर्देशनमा बनेको गीतमा सारिका के.सि र आशिर प्रताप जंगको प्रेम कथालाई प्रस्तुत गरिएको छ ।
धेरै गीतमा अभिनय गरिसकेका आशिर प्रतापको दमदार अभिनय देख्न सकिन्छ । लामो समय सांगीतिक क्षेत्रमा रमाउँदै आएका उनको यो गीतले राम्रो बजार पाउने अपेक्षा गरिएको छ ।
२०७७ पुष २ गते प्रकाशित
