News Portal

निगमले पूर्वतयारी नगर्दा पेट्रोल पम्पमा लाइन,दशैँमा ५ दिन तेल वितरण नगर्ने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
६१२ पटक
काठमाडौं

असोज २९, काठमाडौँ – दशैँको मुखमा यातायात साधनको आवतजावत र तेलको माग बढ्ने जान्दा जान्दै पनि आयल निगमले पूर्वतयारी नगर्दा पेट्रोल पम्पमा ह्वात्त लाइन बढेको छ ।

तेलको माग बढेकै बेला शुक्रबार नियमित मात्र तेल वितरण गरेको निगमले  शनिबार ढिपो बन्द गरेको थियो ।

त्यसैले आइतबार बिहानै देखि पेट्रोल पम्पमा लाइन असामान्य बनेको थियो, आजको नयाँ पत्रिकामा खबर छ ।

शुक्रबार आधा दिनमात्र काम गर्ने डिपोका कर्मचराीले हतार हतार पाँच लाख लिटर तेल बाँडेर घर गएका थिए ।

आयल निगमले दशैँ बिदाको ५ दिन तेल वितरण नगर्ने जनाएको छ ।

प्रवक्ता वीरेन्द्र गोइतले फूलपातीसम्म वितरण गरेर सबै डिपो बन्द रहने बताए ।

त्यसपछि कार्तिक ४ गते आइतबार डिपो खुल्नेछन् ।

२०७५ असोज २९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्