News Portal

यी हुन् नेकपाका पत्नी पिडित नेताहरु !

मोटिभेटन्यूज संवाददाता
३०७८ पटक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सनकका भरमा संसद विघटन गरेपछि देशमा अस्थिरता छाएको छ । त्यही सनकपनका कारण उनले नेतृत्व गरेको पार्टी दुई चिरा भयो ।

पार्टी फुटेपछि धेरै नेताहरुले गुट परिवर्तन गरेर चर्चा कमाए । पूर्वमाओवादी खेमाका नेताहरु ओली गुटमा प्रवेश गरेपछि मन्त्री पदसम्मको उपहार पाएका छन् भने प्रचण्ड माधव खेमाका नेताहरु राम्रै पद पाउने आशा गरिरहेका छन् । भलै प्रचण्ड–माधव गुटमा ओलीका मान्छेहरु आएका छैनन् ।

नेताहरु तानातान गर्ने क्रममा एउटा रोचक घटना पनि घटेको छ । नेकपाका नेता तथा पूर्वभौतिक पूर्वधार मन्त्री रघुवीर महासेठ र पूर्व कानुनमन्त्री शेरवहादुर तामाङले आफूले चाहेर पनि गुट परिवर्तन गर्न पाएनन् ।

मनभरी पिडा राखेर उनीहरु पुरानै गुटमा फर्किन बाध्य भएका छन् । त्यसको कारण हो, आफ्नै श्रीमतीको दवाव । अवसरका लागि गुट परिवर्तन गरिरहने सिन्धुपाल्चोकका नेता तामाङ तत्कालिन एमालेको नवौं महाधिवेशन अघि ओली गुटबाट राजनीति गरिरहेका थिए ।

सिन्धुपाल्चोकमा माधव नेपाल गुटका नेताहरु धेरै भएकाले केन्द्रमा पनि राम्रो पद पाइन्छ की भनेर ओलीलाई लात हान्दै गुट परिवर्तन गरे । उनले गरेको गुट परिवर्तनका कारण मन्त्री बन्ने सौभाग्य पनि मिल्यो । भलै माधव गुटले उनको संरक्षण गर्न नसकेपछि उनको मन्त्री पद खोसियो । त्यति बेलादेखि माधव नेपालसँग रिसाएका तामाङ पार्टी फुटेको अबसरमा ओली गुटमा जोडतोडका साथ उभिए ।

उनी ओली गुटले आयोजना गरेको केन्द्रीय समिति बैठकमा सहभागी समेत भए । प्रचण्ड–माधव गुटले आफ्नो हस्ताक्षर किर्ते गरेको ओरोप लगाउँदै ओली गुटमा गएका उनी आरोप लगाएको २४ घण्टा नवित्दै पुरानै गुटमा फर्किए । प्रदेश १ की प्रदेशसभा सदस्यसमेत रहेकी उनकी धर्मपत्नी उशाकला राईको एक फोनले उनलाई गलायो ।

‘गुट परिवर्तन गरेर गर्न खोजेको के हो ? जसले मन्त्रीबाट रुँदै विदा गर्यो उसैको गुटमा गएर गलत कार्यको पक्ष पोषण गर्ने ?’ भन्दै राईले धम्क्याएपछि तामाङले आफू माधव–प्रचण्डकै गुटमा रहेको स्पष्ट पारे । श्रीमतीको एक फोनले थरर.. हुने तामाङ कस्तो नेता हुन ? उनीबाट जनताले के अपेक्षा गर्ने ?

त्यस्तै अर्का श्रीमती पिडित नेता हुन पूर्व भौतिक पुर्वाधार तथा यातायत मन्त्री रघुवीर महासेठ । उनको कहानी पनि उस्तै छ । पार्टी फुटको औपचारिक निर्णय हुने दिने प्रचण्ड–माधव खेमाको बैठकमा सहभागी बनेर समाचार बनेका महासेठ भोलीपल्ट  श्रीमतीको दवावका कारण गुट परिवर्तन गर्न तयार भए ।

उनकी  श्रीमती महिला, बालवालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले मन्त्री पदकै लागि आफ्नो श्रीमानको ठूलो अपमान गरिन । काम गर्न नसकेको भनेर एक बर्षअघि ओलीले विदाई गरेर ठूलै अपमान सहेका महासेठले फेरी श्रीमतीका कारण अपमानित हुन पर्यो । दुबै बैठकमा सहभागी भएका बुढा बुढीको बेलुका बोलचालसमेत भएन् । यसको सुइको पाएका महासेठमा जेठान उपेन्द्र महत्तोको धम्कीका कारण उनी अपमानित हुन बाध्य हुन पर्यो । त्यही भएर उनले माधव प्रचण्डलाई धोका दिएर ओली गुटमा फर्किए ।

नेपालको ठूलै नाम चलेका व्यापारी उपेन्द्र महत्तोको बहिनी भएकाले पनि महासेठ विगत लामो समयदेखि श्रीमती पिडित छन् । उपेन्द्रकै कारण राजनीतिमा ठूलो स्पेश बनाएका उनले जेठानले भनेको नमाने सम्बन्ध विच्छेदसमेत हुनसक्ने धम्की आएपछि गुट परिवर्तन गरेको राजनीतिक बजारमा चर्चा चल्ने गरेको छ ।

दाईकै जोडबलमा कारण महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेकी महत्तो मन्त्री पद हत्याउनकै लागि श्रीमानलाई डिभोर्स दिने सम्मको धम्की दिएकी थिइन ।

२०७७ पुष ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्