मोटिभेटन्यूज संवाददाता

काठमाडौं – हिमालयन डिस्टिलरीको सत प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले भोली शुुक्राबार (पुस १७ गते) बुक क्लोज गर्दैछ ।
कम्पनीले पुस २९ गते बस्ने वार्षिक साधारण सभामा गत वर्षको नाफाबाट ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५० प्रतिशत नै नगद गरी कुल १०० प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्दैछ ।
जसका लागि शुक्रबार बुक क्लोज हुने भएकाले बिहीबारसम्म कायम लगानीकर्ताले मात्र लाभांश पाउन सक्नेछन् । साधारण सभा विरगञ्ज नगरपालिकाको लिपनीविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्नेछ ।
२०७७ पुष १६ गते प्रकाशित
