News Portal

सम्झनामा विपी, यसरी बनाउन सकिन्छ कांग्रेसमय नेपाल

ओम आचार्य
६० पटक

काठमाडौं – विपी कोइराला २०३३ सालतिर भारतको निर्वासित जीवन एकाएक छोडेर ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ भनेर नेपाल प्रबेश गरे । उनको प्रबेश पनि तत्कालिन व्यवस्थाले ‘चुनौति’ ठान्यो र उनलाई रोक्न हर सम्भव प्रयास गर्यो । तर विपीको धृढ निस्चय, उच्च मनोवल र राष्ट्र प्रेमको अगाडी चुनौति ठान्ने निरिह वने ।

विपीको त्यो राष्ट्रिउ मेलमिलाप कुन पृष्ठभुमी र कुन परिबेशमा जन्मिएको थियो त्यो तत्कालिन शासकले बुज्न सकेन या वुज्न चाहेन । त्यसैको परिणति आजको वर्तमान अवस्था हो र यो अवस्थालाई आमन्त्रण गर्ने नेपाली कांग्रेस नेतृत्व लिएर वसेका पनि त्यतिनै जिम्वेवार छन् जति ६२ साल पुर्व शाशक थिए ।

विपीको राष्ट्रिय एकता तथा मेलमिलाप उनी नेपाल प्रबेश गर्दाको तत्कालिन समय र परिस्थितिको औचित्य र अहिले विपीको त्यो दर्शन झन सार्थक र औचित्यपूर्ण देखिन्दैछ । ३३ सालमा त्यो दर्शन त्यो नीति नबुजेका या बुज्न नचाहेका या बुजेर पनि ग्रहण नगरेकाले जुन दुर्घटना देखे अब त्यसो नगर्लान र नेपाली कांग्रेसले पनि विपीको नीति दर्शनलाई कांग्रेसले परिचय नबनाएकोले कांग्रेसको मौजुदा अवस्था भएको हो ।

नेपाली कांग्रेसले पौष १६ गते मेलमिलाप दिवस मनाउछ, विपीको तस्विर राख्छन माल्यार्पण गर्छन तर त्यो मन्चबाट विपीको मेलमिलापको व्याख्या हुदैन । त्यो दर्शनको चर्चा हुदैन । अहिले युवा पुस्ताहरु नेपाली कांग्रेसमा नेतृत्व लिन खोज्दै छन तर यिनिहरुले विपीको विचार, विपीको दर्शन कति बुजेका छन या कति बुजाउन सक्छन ।

मलाइ लाग्छ अहिले गाउँ गाउँमा, जन–जनमा, कार्यकर्ता – कार्यकर्तामा विपीको विचार पुर्याउन पर्छ । विचार धेरै शक्तिशाली हुन्छ । आज नेपालमा यही विचार मार्क्स, लेनिन, स्टालिन, माओको विचार सवैतिर सम्प्रेषित छ । यही विचारले नेपाल पोषित हुन खोजिरहेको छ । यही विचारको साहित्य, राजनीतिले ठाउँ लिन खोजिरहेको छ ।

नेपाली कांग्रेसको नेता, कार्यकर्ताले विपी विचार बोकेको भए, मनन् गरेको भए, धारण गरेको भए कुनै पनि नेताले कही पनि शिर निहुराउनु पर्दैनथ्यो । कही पनि झुक्नु पर्दैनथ्यो र कही पनि चरित्रमा दाग लाग्दैनथ्यो । उ यती निर्भय हुन्थ्यो लाग्छ, उ विचारको यति सम्पन्न हुन्थ्यो, यती बौद्धिक हुन्थ्योकि कही पनि बौद्धिक, दरिद्रता, विचारको दरिद्रता प्रकट गर्नु पर्दैनथ्यो ।

नेपाली कांग्रेसमा पार्टी बहिर्गमन हुने मुख्य कारण नै विपी प्रति निष्ठा प्रतिबद्धता नभएर नै हो र यस्ताबाट पार्टीलाई दीर्घकालसम्म नेतृत्व दिन सक्तैनन् जो विपीको विचारमा, दर्शनमा समाहित हुन्छ ति पार्टीमा जीवन प्रयन्त रहन्छ त्यस्तैमा कुल बहादुर गुरुङलाई लिन सकिन्छ ।

नेपाली कांग्रेसले आफ्ना महामानव नेता, जननायक नेता विपीलाई चिनाउन सकेन । जनस्तरसम्म पुर्याउन सकेन, विपीबाट लेखिएको थुप्रै साहित्य, विपी जीवनीमा लेखिएको कथा, आत्मावृतान्त, जेल जर्नल, मेलमिलाप सम्वन्धी लेखेका पुस्तक, उनको विचार, उनको दर्शन जन–जनमा, घर–घरमा, कार्यकर्तामा पुर्याउने काम कहिले गरेन ।

नेपालिी कांग्रेसले ठूलो परिमाण उक्त पुस्तकहरु प्रकाशन गरेर प्रत्येक घर–घरमा पुर्याउन पर्छ । प्रत्येक धुरीमा प्रत्येक घरमा विपीको विचार दर्शन पुर्याउनु अब जरुरी भैसकेको छ । यी पुस्तकहरु जसले पढ्छ, अध्यन गर्छ त्यो विपीको अनुनायी नहुने कुरै छैन । यसलाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिओस । त्यपछि हेरौं नतिजा । कमसेकम अहिले देखि विज त लगाओस कांग्रेसले ।

तपाईँलाई थाहा छ विश्व्मा धर्म, विचार, र दर्शन कसरी अगाडी बढिरहेको छ, कसरी आफ्नो साम्राज्य फैलाई रहेको छ । त्यहाँ विचार दिने दर्शन दिने र धर्म गुरुहरु अवतारीहरुको उपस्थिती भइरहनु पर्दैन विचार दर्शन त्यहाँसम्म पुर्याए पुक्छ ।

तपाईलाई थाहा छ तिव्वतमा जुन धर्मको चर्चा गरिन्छ त्यो सवै भन्दा पछी आएको हो । त्यो पनि दहेजमा, उत्तर कोरिया, जापान, चिन, कम्वोडिया सबै ठाउँमा पुग्यो र अन्तमा तिव्वतमा । त्यति खेर तिव्वतमा तत्कालिन राज धेरै शत्तिःशाली र क्रुर थिए । उनको दवदवाव र प्रभावबाट बच्न चीनका राजाले र नेपालका (एकिकरण पूर्वका) राजा अंशुवर्माले आफ्नी छोरी भृकुटी तिव्वतका राजा स्रंगचंगगफ्मोलाइई आफ्नो छोरी दिदा चीन र नेपालले बुद्धको मुर्ती, ताराको मुर्ती र बौध्द साहित्यका पुस्तकहरुसमेत छोरी सँगै दाइजोमा दिए । जब तिब्वतको राजाको आँखा ति मुर्तीमा परे र बौद्ध साहित्य अध्यन गरे तब सदाको लागि उनको भए अर्थात बुद्धिष्ट भए । जब राजाले धर्म स्विकार गरे र हेर्दा हेर्दै सम्पूर्ण तिब्तव बुद्ध शरणंगच्छामी, धम्मं शरणंगच्छामी भयो ।

कोरियाको राजा जापानसँग खुब डराउथे । अत उनले सन्धी प्रस्तावको रुपमा एक दुतलाई भगवान बुद्धको विग्रह, पुजा पद्धती, र उनको कथाहरु जापानको राजालाई पठाए र केही दिन भित्रै यस प्रकार कोरियाबाट बुद्ध धर्म जापान पुग्यो ।

मार्क्स, लेनिन, माओ पनि त्यसरी नै प्रचारित भएका हुन । त्यसरी नै यिनिहरुको अनुनायी भएका हुन । नेपाली कांग्रेसमा नेतृत्व लिएर बसेकाहरुले केन्द्रीय समितिका पदाधिकारीहरले यी माथिका कुरा, माथिका उदाहरणलाई मजाक, ठ्ट्टाको रुपमा न लिउन ।

विपीका विचार दर्शन त्यसै पनि जिवित छन् । प्राण प्रतिष्ठित छन् । यसमा संका नगर्नुहोस्, संसय नगर्नुहोस् र विपीलाई विपीको तस्विर पुस्तक घर घरमा पुर्याउनुहोस् । अनि हेर्नुहोस नेपाल विपी मय हुन्छ, कांग्रेसमय हुन्छ, चार तारा मय हुन्छ ।

२०७७ पुष १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्