News Portal

ओलीविरुद्ध आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दै प्रचण्ड– नेपाल समूह

मोटिभेटन्यूज संवाददाता
४५ पटक

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (प्रचण्ड–नेपाल समूह)ले आज दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गर्दै छ ।

यसअघि मंगलबार काठमाडौंसहित देशभर विरोध प्रदर्शन गरेको प्रचण्ड– नेपाल पक्षले अब दोस्रो चरणमा स्थानीय तहदेखि केन्द्रसम्म जनपरिचालन अभियान सञ्चालन गरिने बताएको छ ।

संयुक्त रूपमा संघर्षका कार्यक्रम गर्ने विषयमा बुधबार अन्य दलसँग गरिएको छलफलमा तत्काल सहमति नबनेपछि नेकपा प्रचण्ड –नेपाल समूह एक्लैले दोस्रो चरणको आन्दोलन सार्वजनिक गर्न लागेको छ ।

त्यसका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा यसअघि नै गठित संघर्ष समितिको बैठक बसी दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।

दोस्रो चरणका कार्यक्रम वडा तहदेखि केन्द्रसम्म जनपरिचालन गर्ने तयारी नेकपा प्रचण्ड(नेपाल समूहले गरेको छ ।

 

२०७७ पुष १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्