मोटिभेटन्यूज संवाददाता

काठमाडौंः नक्कली पिसिआर रिपोर्ट सहित विदेश जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शनिबार साँझ उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ र्नेहरुमा फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह लगायत ७ जना रहेका प्रहरीले जानकारी दिएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
२०७७ पुष १९ गते प्रकाशित
