News Portal

माछापुछ्रे बैंक र अग्नि इन्कर्पोरेटेडबिच सम्झौता

मोटिभेटन्यूज संवाददाता
३१ पटक

काठमाडौं – माछापुछ्रे बैंक र अग्नि इन्कर्पोरेटेड बिच व्यवसायिक सम्झौता भएको छ । सम्झौता पश्चात महिन्द्रा बाण्डको गाडीहरुको खरिद गर्न आउने ग्राहकहरुलाई माछापुछ्रे बैंक लिमिटेडले सहुलियत दरमा कर्जा उपलब्ध गराउने छ ।

उक्त सम्झौता पत्रमा अग्नि इन्कर्पोरेटेडको तर्फबाट प्रबन्धनिर्देशक क्याविनेट श्रेष्ठ तथा माछापुछ्रे बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार माछापुछ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत र अग्नि इन्कर्पोरेटेडका देशभर रहेका डिलरबाट सवारी साधान खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।

स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिवद्ध रहेको माछापुछ्रे बैंक पुर्व देखि पश्चिम तथा हिमाल, पहाड, र तराईसम्म फैलिएको छ । बैंकले आफ्ना १६० वटा शाखाहरु, १४८ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा ३१३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढिपिओएस मार्फत अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ ।

२०७७ पुष १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्