News Portal

शिखर इन्स्योरेन्सको लाभांश घोषणा

मोटिभेटन्यूज संवाददाता
३२१ पटक

काठमाडौं– शिखर इन्स्योरेन्स ले आर्थिक वर्ष २०७६ र७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई हकप्रदपछि कायम चुक्ता पूँजी १ अर्ब ३७ करोड रुपैयाँको २७.७६९ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि १.४६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

इन्स्योरेन्सले गत आर्थिक वर्षको असार मसान्तसम्म कायम चुक्ता पूँजीको ३६.१ प्रतिशत बोनस र १.९ प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो। यद्यपी, यस आर्थिक वर्षमा इन्स्योरेन्सले हकप्रद जारी गरी चुक्ता पूँजी बढाइसकेका कारण हकप्रद शेयरपश्चातको चुक्ता पूँजीका आधारमा लाभांश २९.२३१ प्रतिशत हुन आएको हो।

२०७७ असार मसान्तसम्म इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ थियो भने आर्थिक वर्ष २०७७र७८ मा कम्पनीले हकप्रद जारी गरी चुक्ता पूँजी १ अर्ब ३७ करोड रुपैयाँ पुर्याएको छ।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

२०७७ पुष २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्