मोटिभेटन्यूज संवाददाता

नेपालगन्ज – कोरोना संक्रमणले पूर्वराज्यमन्त्री तथा भूमि व्यवस्था समाधान आयोगका सदस्य दिनेशचन्द्र यादवको बाँकेमा मृत्यु भएको छ ।
कोरोना संक्रमण भएपछि भेरी अस्पतालमा भर्ना भएका यादवलाई काठमाडौंको ग्राण्डी अस्पतालमा रिफर गरिएको थियो । उनको बिहीबार बिहान २ बजे मृत्यु भएको हो ।
२०७० सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका यादव खानेपानी राज्यमन्त्री भएका थिए । उनी नेकपा केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज थिए ।
२०७७ माघ १ गते प्रकाशित
