News Portal

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १० करोड कित्ताको माग

मोटिभेटन्यूज संवाददाता
१७६ पटक

काठमाडौं –नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ खरीदका लागि आइतवारसम्म ८ लाख २ हजार ७०८ जनाको आवेदन परेको छ । अपरान्ह साढे ४ बजेसम्म यी आवेदकहरुबाट ९ करोड ९४ लाख ६ हजार ७४० कित्ताका लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले बताएको छ ।

उक्त कम्पनीले प्राथमिक बजारको हालसम्मकै इतिहासमा सवैभन्दा बढी र ८ अर्ब बराबरको ८ करोड कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर माघ २ गतेदेखि सार्वजनिक निष्कासन गरेको हो ।

कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ ।

सबै आवेदकले पाउने निश्चित रहेको यो आईपीओ छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्मको मिति तोकिएपनि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्रै विक्री बन्द हुनेछ ।

यो आईपीओ विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतिकर्ता नागरिक लगानीकोष रहेको छ । खरीदकर्ताहरुले विक्री प्रवन्धकसँगै आस्बा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट र मेरो शेयर सफ्टवेयरसँगै मेरो शेयर एपबाट पनि आवेदन दिन सक्नेछन् ।

 

२०७७ माघ ४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्