News Portal

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ भर्ने आज अन्तिम दिन

मोटिभेटन्यूज संवाददाता
१२९ पटक

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयर (आईपीओ) भर्ने आज अन्तिम दिन रहेको छ। धितोपत्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आज कार्यालय समय भित्र आवेदन दिन सकिने छ ।

बैंकको आईपीओमा हिजो सोमबार साँझसम्म ११ लाख ७७ हजार ९ सय २० जनाले आवेदन दिइसकेका छन् । १४ अर्ब १९ करोड ९६ लाख ४२ हजार रुपियाँ बराबरको १४ करोड १९ लाख ९६ हजार ४ सय २० कित्ताका लागि आवेदन परिसकेको सिडिएस एण्ड क्लियरिङ हाउसले जनाएको छ ।

माघ २ गतेदेखि अहिलेसम्मकै ठूलो ८ अर्ब रुपियाँको ८ करोड कित्ता आईपीओ निष्काशन खुला भएको हो । कुल ८ करोड कित्तामध्ये ०.२० प्रतिशतले हुन आउने एक लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याईएको छ ।

त्यस्तै, थप ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर भने सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता भने सर्वसाधारणका लागि आवेदन खुला गरिएको हो ।

२०७७ माघ ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्