News Portal

दुःख पाएर केही हुदैन तर विचार गरीब हुनुहुदैन

मोटिभेटन्यूज संवाददाता
१३२ पटक

काठमाडौं –एकपटक एउटा गरीब परिबारमा एउटा बच्चाको जन्म भयो । त्यो बच्चालाई सयौ दुःख कष्टका साथ उसका बाबुआमाले हुर्काए । पैसाको अभावले गर्दा उसले राम्रो शिक्षा पाउन पनि सकेन । ऊ हुर्कदै हुकदै गयो । स्कुलको पढाई पनि छोड्यो । त्यसपछि काम त गर्नुपर्यो भनेर उसले जताततै जागिरको लागि डुल्यो । गरीबको व्यथा यहि त हो कहाँ काम पाइन्छ भन्दै हिड्ने साथमा भएको २–४ रुपैया पनि गाडिभाडामा सक्ने । साथमा सुको नहुने । खान मन भएको कुरा पनि टुलुटुलु हेर्ने अनि घटम्म थुम निल्ने मुख मिठाउदैँ हिड्ने । बिचारा त्यो केटाको हालत पनि यस्तै भयो । कैयौँ प्रयासपछि एकपटक सामान्य पदमा बैंकमा काम पायो । त्यसपछि एकपटक सामान्य पदमा बैंकमा काम पायो । त्यसपछि उसले बैकको सामान्य काम गर्नु शुरु गर्यो ।

समय बित्दै गयो त्यसपछि बैंकमा उसलाई लामो हात गर्यो भन्ने आरोप लाग्यो यसका लागि उसलाई ५ बर्ष सम्म कैदमा राख्ने सजाय सुनाइयो । समस्यले खाली गरीब पैसा कमाउने सानो जागिर मात्र के पाएको थियो उसलाई आरोप लगाएर जेलमा कोचियो । बिचराका आखाँ नै नओभाउने गरी दुःखका आँसु झर्न थाले । शुरुका दिनहरु त उसलाई दुःख नै भयो । त्यसपछि भने ऊ विस्तारै विस्तारै आशावादी हुदैँ गयो ।

जिन्दगीमा सफलताको लागी चाहिने सबैभन्दा ठुलो सूत्र आसावादि हुने हो । त्यस्तो गरीब केटा, गरीब परिवार त्यही माथि कैद । जस्ता तस्ता मान्छे भएको भएको भए आत्तिएर त्यहीं मर्थे । तर उसमा आशा भने अझैँ बाकी छ । जति जति निराशा हुनेहरुले तथा निराशा हुनेहरुले राम्रा अवसरहरु पनि एकदम समस्याको रुपमा हेर्दछन् भने सफल हुनेहरु तथा आशावादी हुनेहरुले समस्या, दुख पीडालाई यो मेरो अवसर हो भनेर दुःखलाई छाप्ने, लुकाउने बरु सुखको कुरा मनमा खेलाउने गर्दछन् ।

अब केही उपाय नलागेपछि केटो झन् झन् आशावादि हुँदै गयो । उसका मनले झिक भाइ कापी कलम । झिक भाइ कापी कलम । झिक भाइ कापि कलम । आदि इत्यादि कुराहरु सोच्न थाल्यो । त्यसपछि त्यो समस्यालाई उसले अवसर सोच्न थाल्यो । आफ्नो लेख्ने कामलाई निरन्तर अगाडि बढाउदै लग्यो उसको यस्तो गहिरो लगनशील तथा इमान्दार प्रयास कैदको भूइँमा लगातार अगाडि बढिरहेको देखेपछि ऊ ३ बर्षमै कैदबाट छुट्यो । अब त ऊ उच्च शिक्षा प्राप्त गरेका व्यक्तिले भन्दा राम्रो राम्रो दुःखका वा सुखका कथाहरु लेख्न थाल्यो । जे लेख्न शरु गरेपनि उसको दिमागमा सरसर्ती कुराहरु आउन थाल्यो ।

कैदको निरन्तर लेख्ने अभ्यासले उसलाई लेख्ने कामको लागि डिगी्र पढे भन्दा बढी जान्ने बनाएको थियो । त्यहि केटाले लेखेका विभिन्न लेखहरुलाई आज विश्वभरका मानिसहरुले स्कूल तथा कलेजमा आफ्नो कोर्सको रुपमा पढ्दछन् । कति अच्चमको कुरा जसले पढाइनै पूरा गरेन त्यहि व्यक्तिले लेखेका कुरा पढ्नुपर्ने पढाई पूरा गर्नलाई । भएन त अचम्म । यति धेरै कुरा गरेपछि अब त तपाइले अनुमान गरिसक्नु भए होला । ती केटा को हुन भनेर चिन्नु भयो ठिक छ । उनको जिवन पढेर अझै बढी छर्लङ्ग बुझन सक्नहुन्छ । नचिन्नेहरुको लागि उनको नाम हो –ओ हेनरी ।

अतः मित्र हाम्रो जीवन फूल हो । कडाँ सोचे काडाँ हो दुःख सोचे दुखै हो सुख सोचे सुखै हो । समस्या सोचे समस्या हो अवसर सोचे अवसरै अवसरको भकारी हो । अतः दुःख पर्दा हामीले के सोच्छौ वा के गछौं बास यही सोचाइ वा गराइमा भर पर्दछ हाम्रो सफलता ।

२०७७ माघ ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्