News Portal

सिटिजन लाइफको आईपीओ आउदै

मोटिभेटन्यूज संवाददाता
५१ पटक

काठमाडौं – सिटिजन लाइफ इन्सुरेन्सले आईपीओ प्रस्ताव पारित गराउन फागुन २ मा साधारणसभा बोलाएको छ ।

सो सभामा कम्पनीले आईपीओ जारी गर्ने मुख्य प्रस्ताव पेश गर्नेछ । सिटिजन्सको जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ ।

साथै, आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा समेत रहेको छ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ ।

२०७७ माघ ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्