News Portal

बढ्यो सुनको मूल्य

मोटिभेटन्यूज संवाददाता
४८ पटक

काठमाडौं – नेपाली बजारमा बुधबार सुन महँगिएको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबारका लागि ९२ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ ।
यसदिन चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ६० रुपैयाँ कायम भएको छ । सुनचाँदीको मूल्य पछिल्लो दुई साताको अन्तरालमा सामान्य घटबढ भइरहेको छ ।

 

२०७७ माघ ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्