News Portal

केपी ओलीसँग तत्काल एकताको सम्भावना छैन्ः प्रचण्ड

मोटिभेटन्यूज संवाददाता
४२ पटक

काठमाडौं –नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा अ‍ोलीसँग तत्काल एकताको सम्भावना नरहेको बताएका छन् ।

बुधबार बिहान आफू निकट सम्पादकहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले संसद विघटनबारे आत्मआलोचना वा माफी नमागेसम्म एकता सम्भावना नरहेको स्पष्ट पारेका छन् । उनले अझै ५र७ वर्षसम्म एकता सम्भव नहुने बताए ।

‘ओलीले प्रतिनिधिसभा विघटनप्रति आत्मआलोचना वा गल्ती स्वीकार गर्ने अवस्था देखिन्न । हुँदा हुँदा उहाँ त कुर्सी भाँच्नेतर्फ नै जानुभयो । ५र७ वर्षपछि के हुन्छ भन्न सकिन्न तर तत्कालका लागि पुनः एकता सम्भव छैन’, उनले भने ।

गत पुस ५ गते संसद विघटनपछि दुई समूहमा विभाजित भएको नेकपाले आ–आफ्ना बैठकहरु सञ्चालन गर्दै आइरहेको छ । त्यस्तै नेकपाका शीर्ष नेताहरु एकअर्कालाई खुइल्याउन केन्द्रित छन् ।

 

२०७७ माघ ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्