News Portal

नेपाल लाइफका लगानीकर्ताहरुको शेयर दोब्बर हुँदै

मोटिभेटन्यूज संवाददाता
५२ पटक

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलोपटक प्रतिशेयर मूल्य घटाउने भएको छ ।

कम्पनीले शेयर खण्डीकरण गरेर शेयर मुल्य ५० रुपैयाँ बनाउन लागेको हो ।

यो नेपाली धितोपत्र बजारमा पहिलो प्रयास हो । हाल कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ । अब कम्पनीले उक्त मूल्यलाइ टुक्राइ शेयरधनीलाइ १ कित्ता बराबर दुइ कित्ता शेयर दिने छ ।

कम्पनी उक्त प्रस्ताव आगामी माघ २८ गते हुन लागको साधारण सभाबाट पारित गर्नेछ ।

कम्पनीले दोस्रोबजारमा सबै लगानीकर्ताको खरिद पहुँच पुर्याउन शेयर संख्या बढाउन लागेको हो ।

२०७७ माघ ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्