News Portal

कोरोना संक्रमणबाट ६ जनाको मृत्यु

मोटिभेटन्यूज संवाददाता
३७ पटक

काठमाडौँ– सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ३१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थपिएका ३१८ सहित कूल संक्रमितको संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको छ ।

साथै पछिल्लो २४ घण्टामा ३८३ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या २ लाख ६२ हजार ६ सय ४२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयकाअनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ९३ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ६ जना कोरोनाभाइरस संक्रमितले ज्यान गुमाएका छन् । योसँगै कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १,९७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२०७७ माघ ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्