News Portal

मेगा बैंकले विना धितो ऋण दिने

मोटिभेटन्यूज संवाददाता
६८ पटक

काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडले विना धितो १५ लाख रुपैयाँसम्म ऋण दिने भएको छ । बैंक नेपाल इन्जिनियर्स एशोसिएसनमा आबद्ध इन्जिनियरहरु विना धितो १५ लाख रुपैयाँसम्म ऋण दिने भएको हो ।

मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेली र नेपाल इन्जिनियर्स एशोसियशनका अध्यक्ष इन्जिनियर प्रा.डा. त्रिरत्न बज्राचार्यले यस सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार, इन्जिनियर्स एशोसियसनमा आबद्ध सदस्यहरुले मेगा प्रोफेसनल बचत खाता खोल्न सक्नेछन् । खाता खोल्दा १० लाख रुपैंयासम्मको दुर्घटना बिमाको व्यवस्था गरिएको छ ।

इन्जिनियरहरुको पेशालाई सम्मान गर्दै बिना धितो १५ लाख रुपैयाँसम्म मेगा प्रोफेसनल लोन सुविधाका साथै अन्य विभिन्न सुविधाहरुको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ ।

 

२०७७ माघ ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्