News Portal

सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

मोटिभेटन्यूज संवाददाता
६६ पटक

काठमाण्डौ– नेपाली बजारमा आज बिहिबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचादीं व्यवसायी महासंघका अनुसार सुन तोलामा आज ६ सय रुपैयाँले बढेर तोलाको ९३ हजार १ सय रुपैयाँ पुगेको छ ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।

अघिल्लो दिन सुनको मूल्य तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

२०७७ माघ ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्