News Portal

काठमाडौंमा प्रचण्ड–नेपाल पक्षको ९ स्थानबाट शक्ति प्रदर्शन

मोटिभेटन्यूज संवाददाता
२७ पटक

काठमाडौं– नेपाल कम्युष्टि पाटी (नेकपा) प्रचण्ड नेपाल पक्षले आज शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि उक्त पाटीका अर्को पक्ष प्रचण्ड नेपाल पक्ष असंवैधानिक र अलोकतान्त्रिक भन्दै आन्दोलनमा छन् ।

साथै मुलुकका प्रमुखदलहरु पनि ओलीको कदम विरुद्ध आन्दालनमा छन् । राजधानी काठमाडौं र लालितपुर गरी करिब ९ स्थानबाट जुलुस निकाल्ने तयारी भइरहेको जनाएको छ ।

केन्द्रीय संघर्ष समितिले कार्यक्रममा तोकिएका स्थान र समयमा आइपुग्न पार्टी कार्यकर्ताहरुलाई कडा निर्देशन दिएको छ ।

राजधानी काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निकाल्ने तयारी छ। विभिन्न स्थानबाट निक्लिएको जुलस रत्नपार्क केन्द्रित हुँदै अघि बढ्ने जनाइएको छ ।

१. माइतीघरः नेताहरु गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, पेशल खतिवडा लगायत ।

२. डिल्लीबजार चारखालः वर्षमान पुन र वेदुराम भुसाल लगायत ।

३. लैनचौर ः भीम रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईं लगायतका नेताहरु ।

४. कुपण्डोलः देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे लगायत ।

५. त्रिपुरेश्वर ः कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नन्दकुमार थापालगायतका नेताहरु ।

६. प्रदर्शनी मार्ग ः घनश्याम भुसाल र जनार्दन शर्मा लगायत नेताहरु ।

७. शान्तिवाटीकाः मजदुरको जुलुसमा नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई लगायत ।

८. त्रिचन्द्र कलेजबाट ः देव गुरुङ, हितमान शाक्य, रामकुमारी झाँक्री र लेखनाथ न्यौपानेले लगायत नेताहरु

९. वाल्मिकी क्याम्पसः अमृत बोहोरा, मुकुन्द न्यौपाने, विष्णुपुकार श्रेष्ठ लागयत नेताहरु ।

विभिन्न क्षेत्रबाट समेटिएको जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत जनाइएको छ ।

 

२०७७ माघ ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्