
काठमाडाैं – आज बुधबार बिहान ७ बजेदेखि युट्युबमा समस्या देखिएको छ। युट्युबको मेन सर्भरमै समस्या आएको ले मर्मत कार्य भैरहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ।
Russia Today को रिपोर्ट अनुसार #Cryptographic_Key सिस्टमको मर्मत हुदैछ । Cryptographic Key ले इन्टरनेटको एड्रेस बुक अर्थात् डोमेन नेम स्टिमको सुरक्षा गर्ने गर्दछ । यसका कारण मुख्य डोमेन सर्भरहरु तथा त्यससँग जोडिएका नेटवर्क पूर्वाधार केही समयका लागि अवरुद्ध भएको जनाएको छ।
युट्युबले आफ्नो अफिसियल ट्विटर पेजबाट पनि केहि समस्या आएको हुँदा मर्मत कार्य भैरहेको जनाएको छ।
Thanks for your reports about YouTube, YouTube TV and YouTube Music access issues. We’re working on resolving this and will let you know once fixed. We apologize for any inconvenience this may cause and will keep you updated.
— Team YouTube (@TeamYouTube) October 17, 2018
२०७५ असोज ३१ गते प्रकाशित
