मोटिभेटन्यूज संवाददाता

काठमाडौं –पछिल्लो समय बुलिस ट्रेन्डमा रहेको नेपाल शेयर बजार आइतबार पनि बढ्दो क्रममा नै छ । आइतबार नेपाली शेयर बजार अर्थात् नेप्से परिसुचक ५२ अंकले बढेर २४२५ विन्द माथि पुगिसकेको छ ।
सो क्रममा आज दर्जन भन्दा बढी कम्पनीको शेयर मुल्य सकरात्मक सर्किट लेभलमा बढेको छ । आज
पोखरा फाइनान्स, गुराँस लाइफको शेयरमुल्य त सकरात्मक सर्किट नै लागेको छ । उनीहरुको शेयर मुल्य १० प्रतिशतले बढेको छ ।
यसअघि लक्ष्मी लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर मुल्यमा पनि सकरात्मक सर्किट नै लागेको थियो ।
यसका अलावा दर्जनौ कम्पनीको शेयर मुल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
२०७७ माघ ११ गते प्रकाशित
