News Portal

आईपीओ निष्कासन गर्ने तयारीमा महालक्ष्मी लाइफ इन्स्योरेन्स

मोटिभेटन्यूज संवाददाता
१२३ पटक

काठमाडौँ – महालक्ष्मी लाइफ इन्स्योरेन्सले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले बीमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्तापुँजी पुर्याउन ६० करोड रुपैयाँ बराबरको आइपिओ निष्कासन गर्ने तयारी गर्ने भएको हो ।

कम्पनीले उक्त प्रस्ताव पारित गराउन फागुन ३ गते होटल र्याडिसन, लाजिम्पाट काठमाडौँमा बिहान ११ बजे साधारणसभा बोलाएको छ ।

साधारणसभाले आर्थिक वर्ष २०७५र७६ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सान हिसाब पारित गर्नेछ भने
कम्पनीको रजिष्टर्ड कार्यालयलको ठेगाना परिवर्तन गर्ने र सोही बमाजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने निर्णय पारित गर्ने पनि बताइएको छ ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने आइपिओ निष्काशनपश्चात चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

 

२०७७ माघ ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्