News Portal

अवैध रुपमा काठ ओसारपसार गर्ने १२ जना पक्राउ

मोटिभेटन्यूज संवाददाता
४८ पटक

सुर्खेत – सुर्खेतमा अवैध काठसहित १२ जना पक्राउ परेका छन्। बुधबार बिहान पौने २ बजे भेरीगंगा नगरपालिका(१२ मसिनाबाट अवैध रुपमा वीरेन्द्रनगर ल्याउँदै गरेको ट्रकसहित त्यसमा संलग्नहरूलाई पक्राउ गरिएको हो।

छिन्चुबाट सुर्खेत वीरेन्द्रनगरतर्फ काठ लिएर आउँदै गरेको लु२ख २१० नम्बरको ट्रकमा राखिएको १४७ थान सालको चिरान गरेको ७७७.६४ क्युफिट० काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

पक्राउ पर्नेमा ट्रक चालक भेरीगंगा नगरपालिका(२ का विकास केसी, योगराज बुढा, हिमाल खड्का, मदन भण्डारी, प्रदीप वली, निराजन विक, पदम खत्री, अम्मर डिसी, अनन्त बुढा, तुलबहादुर वली, सोमबहादुर विक र राम वली रहेका छन्।

विशेष सूचनाका आधारमा पक्राउ गरिएका उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय छिन्चुमा बुझाइएको प्रहरीले जनाएको छ।

 

२०७७ माघ १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्