News Portal

फेरी घट्यो सुनको मूल्य, कति छ तोलाको ?

मोटिभेटन्यूज संवाददाता
७१ पटक

काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै बुधबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । अघिल्लो तोलामा १२५५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार सामान्य घटेर १२५० रुपैयाँमा कारोबार भएको हो ।

२०७७ माघ १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्