४ लाख कित्ता आईपीओ आउदैँ, कहिले खुल्छ आवेदन ?


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : सोमबार, माघ १९ २०७७
13.3K
SHARES

काठमाडौं – महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले माघ २८ गतेदेखि सर्बसाधारणको लागि साधारण सेयर (आईपीओ) बिक्रि खुला गर्ने भएको छ । संस्थाले सोमबार आह्वान पत्र जारी गर्दै २८ गतेदेखि आईपीओ जारी गर्ने जानकारी दिएको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको ४ लाख कित्ता सेयर विक्री गर्न लागेको हो । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म छिटोमा फागुन २ गते र ढिलोमा फागुन १२ गतेसम्म आवेदन दिन सकिनेछ ।

संस्थाको जारी पुँजी १० लाखको ४० प्रतिशत हुन आउने ४ करोड रकम बराबरको जारी गर्न लागिएको ४ लाख कित्ता सेयर मध्ये जारी पुँजीको ०।५ प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीहरु तथा सर्वसाधरणलाई छुट्याइएको सेयर मध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरि बाँकी रहने ३ लाख ७५ हजार कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गर्न लागेको जनाइएको छ ।