News Portal

देश प्रेमले जन्मिएको ब्याम्बो बीर्यानी…

रमेश लामिछाने
११३ पटक

काठमाडौं – मध्ययम स्तरीय आर्थिक स्थिति भएको हाम्रो देशमा उद्योग धन्दा, कल–कारखाना सिमित छन् । त्यही सिमित आर्थिक क्रियाकलापले गर्दा बर्षेनी हजारौं युवाहरु रोजगारका लागि विदेशीने गरेका छन् । तर केही युवाहरु नेपालमै नयाँ खालको व्यवसाय गरेर धेरै युवाहरुलाई रोजगारी दिइरहेका । ती मध्यका एक हुन झापाका विवस काफ्ले । सुन्दा पनि अनौठो लाग्ने व्यवसाय गरेर उनले राम्रो नाम र दाम कमाइरहेका छन् । ब्याम्बो अर्थात् बाँसमा खानेकुरा पकाएर धेरै ग्राहकलाई सन्तुष्ट पार्ने काफ्ले ब्याम्बो बिर्यानीका संचालक हुन । उनको ब्याम्बो हाउसमा बाँसमा पकाइने मम, चिया, बिर्यानी लगायतका खानेकुरा खान आउनेहरुको भिड लाग्ने गरेको छ । बाँसकै कटेजमा संचालित मात्रै नभइ यहाँ बस्ने कुर्सीदेखि खाना खाने टेबलसम्म बाँसकै छ ।

काठमाडौंको मैतिदेबीमा रहेको ‘ब्याम्बो बिर्यानी’ का संचालकहरु मध्यका एक हुन् विवस । केही नयाँ प्रयोग गरौं भन्ने स्वभावका उनले यसअघि पनि अन्य दुईटा अनौठो व्यवसाय गरेर सफल भइसकेका छन् ।
विवसले तेश्रो प्रोजेक्टका रुपमा करिब डेढ बर्षअघि उनले स्याङ्जाका मिलन रेग्मीसँगको सहकार्यमा ब्याम्बो बिर्यानिको सुरुवात गरेका हुन् । एउटा नयाँ प्रयोग गर्दै त्यसैलाई अर्थोपार्जनको माध्ययम बनाएका उनीहरु व्यवसाय सफल भएपछि फुरुङ्ग छन् । ब्याम्बो बिर्यानी पुग्ने जो कोहिलाई पनि त्यहाँको काम गर्ने शैलीले अच्चम्मित पार्छ ।

उनीहरुले बाँसको प्रयोग गर्नकै लागि पनि धेरै परिक्षणहरु गर्नुपर्यो । बाँस भित्र खानेकुरा राखेर घ्याम्पोमा पकाउने, आगोको कोइला जम्मा पारेर पकाउने लगायतका अन्य थुप्रै परिक्षण पछि आगो बालेर त्यसमा हरियो बाँसको ढुंग्रो राखेर पकाउने विधि उपयुक्त लाग्यो र आजसम्म पनि त्यही प्रयोगमा छ ।

परिवारको सहयोग हरेक व्यक्तिका लागि सफलता को सुत्र भएको विवसको भनाइ छ । उनका बुबाले पनि सुरुवातका दिनहरुमा व्यवसाय गरेको चित्त नबुझाएको भएपनि अहिले छोराको सफलतामा दङ्ग छन् ।
अवसर छैन भनेर भौतारिने हजारौ नेपालीका लागि विवस र ब्याम्बो बिर्यानी एउटा प्रेरणाको स्रोत हो । कसरी फरक सोच मार्फत ब्यबसाय गर्न सकिन्छ भनेर प्रमाणित गरेको ब्याम्बो बिर्यानीमा ग्राहकको कहिल्यै कमि भएको छैन
नेपालमा काम गर्न छोडेर लाखौं युवाहरु विदेश पलायन भएको देख्दा उनलाई विरक्त लाग्ने गरेको छ । नेपालमा राम्रो सम्भिावना भएको भन्दै काम गर्न चाहाने युवाहरुलाई सहयोग गर्न आफू तयार रहेको उनको भनाई छ ।

यसरी नयाँ प्रयोग मार्फत प्राकृतिक स्रोतको सदुपयोग गर्दै ब्यबसाय गरिरहेको भएपनि उनीहरु आलोचना मुक्त भने छैनन् । आलोचकहरु बाँसको दोहन भएको भन्दै कुरा काटिरहेका छन् । आफूले भक्काको काम सुरु गर्दा पनि यसैगरी कुरा काटिएको र एकथरी मान्छेहरु नेपालमा काम गर्ने भन्दा कुरा काट्नमै रमाउने गरका छन् ।

तपाई पनि नेपालमै सानो लगानी गरेर उद्यमी बन्ने सोचमा हुनुहुन्छ आजैबाट सुरुवात गरिहाल्नुहोस् । नयाँ सोच, जोस र जाँगरका साथ सुरु गरेको व्यवसायले ठूलो सफलता हात पारेका यस्ता उदाहारणहरु थुप्रै छन् हाम्रो समाजमा । तपाईसँग राम्रो योजना छ र त्यसलाई पूर्णता दिने दृढ विश्वाससहितको कार्ययोजना पनि छ भने नेपालका बैंकहरुले तपाईलाई अबस्य लगानी गर्नेछन् ।

२०७७ माघ २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्