News Portal

उपत्यकामा चहलपहल बढ्यो, दशै मनाउन उपत्यका बाहिर गएका सर्वसाधरण फर्किने क्रम सुरु

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५५३ पटक
काठमाडौं

काठमाडाैं – दशै मनाउन उपत्यका बाहिर गएका सर्वसाधरण फर्किने क्रम सुरु भएको छ । दशै सकिएसँगै उपत्यकामा केही चहलपहल समेत बढेको छ । दशै लागेपछि उपत्यका बाहिरिने यात्रुहरु बढी रहेकामा हिजो साँझबाट भित्रिने सवारी साधनको चाप बढेको नागढुङ्गा प्रहरीले जनाएको छ । काठमाडौ उपत्यकामा आज सवारी साधन केही बाक्लो मात्रामा चलेका छन् ।

दशैभरि सुनसान देखिएको काठमाडौ उपत्यकाका सडकहरुमा पुनः चहल पहल बढेको छ । दशैं मनाउन यो पटक करिब २४ लाख मानिस राजधानीबाट बाहिरिएका थिए । यसैबीच बडादशै अन्तरगत विजया दशमीको दोस्रो दिन आजपनि मान्यजनबाट टीका तथा आशिर्वाद ग्रहण गर्ने क्रम जारी छ ।

हिजो टीका ग्रहण गर्न नपाएकाहरुले आज घटस्थापनाका दिनमा राखिएको जमरा दुर्गा भवानीको प्रसादको रुपमा ग्रहण गर्दै टीका लगाउने चलन छ । मान्यजनले टीका लगाइदिंदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनकोमा टीका लगाउन जाने गर्दछन् । घर बाहिर रहेका र टाढा टाढा रहेका आफन्तहरुले कोजाग्रत पूर्णिमासम्म पनि टीका लगाउने चलन छ ।

२०७५ कात्तिक ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्