प्रचण्ड–नेपाल समूहले स्टेजबाट हटायो सोफा


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बुधबार, माघ २८ २०७७
13.8K
SHARES

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभाको विघटनविरूद्धमा प्रचण्ड–नेपाल समूहले बुधबार विरोधसभा आयोजना गरेको छ।

विभिन्न ठाउँबाट कमान्डर सहितको जुलुस काठमाडौंको भृकुटीमण्डपमा भेला हुँदैछन्। गत पुस १४ गते पनि सोही ठाउँमा प्रचण्ड(नेपाल समूहले विरोधसभाको आयोजना गरेको थियो।

उक्त भेलालाई सम्बोधन गर्न स्टेज बनाइएको थियो भने शीर्ष नेताहरूका लागि सोफाको व्यवस्था मिलाइएको थियो। तर आज भने सोफाको सट्टा स्टेजमा कुर्सी राखिएको छ।

केन्द्रीय संघर्ष समितिका प्रवक्ता योगेश भट्टराईले भने कुर्सी राख्दा नै सजिलो हुने हुँदा सोफा नराखिएको बताए।

सजिलो छरितो हुन्छ भनेर हामीले सोफाको सट्टामा कुर्सी राखेका हौं,ु केन्द्रीय संघर्ष समितिका प्रवक्ता भट्टराईले भने।

बुधबारको विरोधसभाका वक्ताहरूमा अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झॉक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी, जनार्दन शर्मा, देव गरुङ, रघु पन्त, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन्।