News Portal

लच्चा पराठाले प्रबिनलाई दिलाएको सफलता (भिडियो सहित)

रमेश लामिछाने
९६ पटक

रोटि नेपाली भान्साको एक महत्वपूर्ण हिस्सा हो। यसका विभिन्न प्रकारहरु पाइन्छन् । ती मध्य पराठा अझ बढी जनजिब्रोमा झुन्डिएको चिज हो। त्यही पराठालाई कसैले ब्यबसाय अनि माध्यम बबाएको छ भन्दा धेरै नेपालीहरु लाई अचम्म लाग्न सक्छ । यो व्यबसायमै लागेर आज सफल भएका सुदुरपश्चिमका प्रबिन पन्त पनि आफ्नै सफलतासँग दङ्ग छन् । सुरुवातमा उनले पनि रोटि त हरेक घरमा पाक्ने हुँदा नचाहिदो व्यावसायमा हात हालेको प्रतिक्रिया पाएका थिए ।

तर आज माशिक ६ लाखको लच्चा पराठाको कारोबार उनी गर्छन् । ५ किलो मैदाबाट सुरु गरेका उनी आज आफ्नै कम्पनी खोलेर त्यसको मालिक बनेका छन् । ‘सन्तुष्टि सहितको नयाँ स्वाद’ भन्ने नारासहित उनको कम्पनी काठमाडौ डेलि फ्रेस हाल संचालनमा छ।

चिनेको एकजना भाइले आफ्नो दुबईमा काम गरेको अनुभव बाड्दै नेपालमा पनि यस्को प्रचुर सम्भावना छ भन्ने सुझाव दिएपछि उनले परिक्षण गर्नका लागि यो काम सुरु गरेका थिए। आजपनि उनी आफ्नो सफलताको सम्पुर्ण श्रेय तिनै भाइलाई दिन्छन् ।

प्रबिन पन्त यो ब्यबसायमा लागेर सफल हुनुअघि उनको संघर्सको कहानी रोचक र उत्प्रेरणात्मक छ। आफुलाइ ४ ओटा ब्यबसायमा परिक्षण गरेर सबैमा असफल भएका उनले कहिल्यै हार मानेनन् । त्यही आत्मबिस्वास र साहसले त उनी आज यो स्थानमा छन् ।

हाल १६ जनाले उत्पादनका लागि काम गर्छन् भने बजारीकरण गर्ने अन्य स्टाफसहित उनी २० जना भन्दा बढीलाई रोजगारी दिन सफल भएका छन् । आफ्ना स्टाफहरुलाई उनले खाने बस्ने ब्यबस्था पनि कम्पनी भित्रै मिलाएका छन् । अझ विशेष त उनका स्टाफहरु सबै मुक्त कमैया परिवारबाट छन् ।

काठमाडौ डेलि फ्रेसको लच्चा पराठा हाल उपत्यकाका विभिन्न स्थानसहित ठुला हाइवेका डेरि तथा होटलहरुमा बिक्रि हुने गरेको छ। कहिलेकाही त मागअनुसार पुर्याउनपनि उनीहरुलाई धौधौ पर्छ। सबै काम हातैले हुने भएकाले उनीहरुको सिमित उत्पादन क्षमता रहेको छ।

करिब २ बर्षअघि सुरु भएको कम्पनीलाई कोरोना र लकडाउनले नराम्ररी प्रभावित बनायो। २५ जनाको स्टाफ संख्यामा १० जना घटाएर प्रबिन बिस्तारै कम्पनीलाई पुरानै लयमा फर्काउने प्रयासमा छन् ।

खानेकुरा को ब्यवसाय संबेदनसिल हुने भएकाले प्रबिन पराठाको गुणस्तरमा विशेष ध्यान दिन्छन् । गुणस्तरीय तेलको प्रयोग, स्टाफहरु लाई सचेतनाका साथै उत्पादन क्षेत्रभित्र अरुलाई प्रबेश निशेध आदि यसका लागी उनले गरेका प्रयास हुन् ।

काठमाडौं डेलि फ्रेसले आफ्नो उत्पादनमा ३ दिनको म्याद राखेको छ। त्यस्तै फ्रिजको प्रयोग गरेर ७ दिन र फ्रिजरको प्रयोग गरेर ३० दिनसम्म लच्चा पराठा प्रयोग गर्न सकिन्छ । यदि बजारमा गएको आफ्नो उत्पादन बिक्रि नभएमा फिर्ता लिने र त्यसको उपयुक्त ब्यबस्थापन कम्पनिले गर्ने गरेको छ।

जुनसुकै परिस्थितिमा पनि निराश नभइ अघि बढ्न सके कुनै पनि ब्यवसासी सफल हुनसक्ने प्रबिनको धारणा छ। ब्यक्तीलाई सफल बनाउन उसको परिवारको ठूलो भुमिका रहने भन्दै उनी परिवारले जुनसुकै परिस्थितिमा पनि एउटा ब्यबसायीलाई साथ दिनुपर्ने बताउछन् ।

देशमै केही गर्ने सोच भएका युवाहरु बिदेश जानुभन्दा त्यहाँ सिकेका सिपसमेत प्रयोग गर्दै यहाँ उद्यम गर्नतिर क्रियाशिल हुनुपर्ने उनको भनाइ छ।

भिडियो तल हेर्नुहोस

 

२०७७ माघ २९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्