News Portal

लक्ष्मीको घरमा लक्ष्मीले भित्राएको खुसी (भिडियो सहित)

मोटिभेटन्यूज संवाददाता
७४ पटक

काठमाडौं – बार्षिक ४८ प्रतिशतमा व्याज लिएर व्यवसाय सुरु गरेको भनेर सुन्दा तपाईलाई अच्चम लाग्न सक्छ । व्याज स्वरुप बार्षिक ४ लाख असी हजार रुपैयाँ बुझाउने गरी कालिकोटका लक्ष्मीप्रसाद तिमल्सीनाले आजभन्दा १० बर्षअघि १० लाख रुपैयाँ ऋण लिएर व्यवसाय सुरु गरेका थिए ।

‘तँ आँट म पुर्याउँछु’ भन्ने बुढा पाकाको उखानलाई सिरोधार्य गर्दै तिमल्सिनाले चर्का व्याजमा ऋण काडेर व्यवसाय सुरु गरेका हुन । आफूसँग पैसा नभएको र खाली बस्न मनले नमानेकाले उनले व्यवसाय गर्नका लागि गाउँकै धनाढ्यसँग चर्को मूल्यमा ऋण लिएका हुन ।
मानिसमा केही गरि छाड्ने अठोट भयो भने पैसाले रोकिदैन भन्ने उदाहरण बनेका तिमल्सिनाले सुरुवातमा ऋण गरेको पैसाले काठमाडौंको बुढानिलकण्ठमा दुई रोपनी जग्गा भाडामा लिएर माछापालन सुरु गरेका थिए ।

माछाबाट राम्रो आमदानी भइरहेको थियो । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण उनीसहित काठमाडौंका अधिकाँश माछापालक किसानका लागि भुराको अभाव भयो । केही भारतबाट त केही नेपालकै तराई क्षेत्रबाट आउने भुराहरु नआएकाले उनले यो बर्ष माछापालन गर्न पाएनन् । उनका माछापालन गर्ने पोखरी खाली रहे ।

उनले माछा पालनबाटै बार्षिक १० लाखदेखि २० लाखसम्म कमाई गर्दै आएका थिए । यही व्यवसायबाट साहुको चर्को व्याजमा लिएको ऋण चुक्ता गरेका उनले अहिले गाइपालन गरिरहेका छन् । गाइपालनबाट पनि मनग्य आम्दानी भइरहेको तिमल्सिनाको भनाई छ । गाई पालनमा दुःख कम हुने र राम्रो प्रतिफल प्राप्त हुने उनको जिकिर छ । ।

सुरुवातका दिनहरुमा ऋण नपत्याउने उनलाई अहिले ठूला बैंकहरुले ऋणको अफर गरिरहेका छन् । व्यवसायलाई थप विस्तार र व्यवस्थित गर्नका लागि उनले राष्ट्रिय बाणिज्य बैंकबाट बार्षिक १.५ प्रतिशतमा ऋण लिएर व्यवसायलाई थप व्यवस्थित गरिरहेका छन् ।

उनको व्यवसायीक सुरुवात गाउँकै सामान्य मोवाइल पसलबाट भएको हो । प्रविधिमा अब्लल तिमल्सिना सुरुवातका दिनहरुमा गाउँमै सामान्य इलेक्टोनिक पसल संचालन गरिरहेका थिए । त्यही पसलका लागि समान थप्न भनेर काठमाडौं आएका उनलाई गाउँ फर्किन मन लागेन र सुरु भयो व्यवसायिकक कर्म ।

विदेश जाने सोच बनाएर काठमाडौं आएका उनलाई विदेशबाट आउने लासहरुको लस्करले विदेशीनबाट रोक्यो । पासवर्ड बनाएर त्यही पासवर्ड म्यानपावरलाई बुझाएका उनले त्यही लासहरुको लस्कर देखेर उनलाई परिवारको माया लाग्यो र विदेश जाने उनको यात्रा मोडियो ।

पैसा छैन भनेर निरस भएका नेपाली युवाहरुका लागि लक्ष्मीप्रसादको यो कथाले निश्चयनै प्रेरित गर्ने छ । उनले पैसा भनेको सेकेण्डरी कुरा हो भनेर प्रमाणित गरिदिएका छन् । बार्षिक ४ लाख असी हजार रुपैयाँ व्याज तिर्न तयार हुनुमा नै उनको सफलताको सुरुवात विन्दु हो । उनले जोखिम मोलेर भएपनि ऋण नलिएको भए आज नेपालमै बसेर महिनामा लाखौं गर्ने अबसर पाउने थिएनन् ।

भिडियो हेर्नुहोस

२०७७ माघ २८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्