News Portal

कांग्रेस नेता चन्द्र भण्डारीले विपन्न माझी र बोटे समुदायसँग यसरी मनाए दशैं

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१७८८ पटक
काठमाडौं

गुल्मी – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गृह जिल्ला गुल्मीका विपन्न माझी र बोटे समुदायसँग दशै मनाएका छन्  ।

विगत तीन वर्षदेखि आफ्नो निर्वाचन क्षेत्रका पिछडिएको समुदायसँग सामुहिक टिका आदानप्रदान गरि विजयादशमी मनाउँदै आउनुभएका नेता भण्डारीले यो वर्ष पनि उनीहरुसँगै दशैं मनाएका हुन्  ।

नेता भण्डारीले माझी र बोटे समुदायका जेष्ठ नागरिकबाट टिका थापेर आफूभन्दा सानालाई टिका लगाइदिएका थिए  । टिकासँगै नेता भण्डारीले दक्षिणा अनि बालबालिकालाई पाठ्य सामग्री समेत वितरण गरे  ।

उनले गुल्मीको लक्ष्मी निमावी बम्घा, आरीपाटा प्रावि, उर्लीखोला, बालविकास केन्द्र मझुवा, झेर्दी निमावी, कडेँल मावि पुलकामुख र माझी प्रावि गरी ६ ठाँउका विद्यार्थीलाई स्वेटर र स्टेशनरी सामान वितरण गरे ।

यस्तै नेता भण्डारीले झण्डै ६ सय माझी तथा बोटे समुदायका महिलालाई धोती र लुंगि समेत वितरण गरे  ।

२०७५ कात्तिक ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्