News Portal

रामेछापमा सुमो दुर्घटना : दुईजनाको मृत्यु , सातजनाको अवस्था गम्भीर

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५८६ पटक
काठमाडौं

रामेछाप – शनिबार साँझ रामेछापमा सुमो दुर्घटना हुँदा आमा छोराको दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा सातजना घाइते भएको प्रहरीले जनाएको छ ।

रामेछाप नगरपालिका २ खरानेपाखामा ना १ ज ४८१२ नम्बरको सुमो दुर्घटना भएको हो । रामेछाप नगरपालिका कुकुरकाटे भज्ङयाबाट गोठगाउँ जादै गरेको सुमो सडकबाट तीन सय मिटर तल खसेको छ ।

दुर्घटनामा रामेछाप नगरपालिका १ गोठागाउँकी ६० वर्षीया ललीमाया कार्की र ४० वर्षका छोरा दुर्गाबहादुर कार्कीको मृत्यु भएको हो ।

घाइते सातजनाको अवस्था समेत गम्भीर रहेको छ । सबै घाइतेको मन्थली अस्पतालमा उपचार भइराखेको वडा नम्बर १ का वडा अध्यक्ष नरबहादुर थापाले जानकारी दिए ।

२०७५ कात्तिक ४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्