News Portal

फेकनमा उपाध्यक्षका उम्मेदवार ढकालको पल्ला भारी

मोटिभेटन्यूज संवाददाता
१२० पटक

काठमाडौं – स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) को आगामी शनिवार १० औँ बार्षिक साधारण सभा हुँदैछ । उक्त सभाले नयाँ कार्यसमिति समेत चयन गर्ने छ । उक्त निर्वाचनमा एक्टिभ सिनर्जी कन्सलटेन्सीका प्रबन्ध निर्देशक रामशरण ढकालले पनि उमेद्वारी दिने भएका छन् ।

भुपाल तामाङ्गको समूहबाट उम्मेदवारीको घोषणा गरेका उनले आफ्नो जीत सुःनिश्चित भएको बताएका छन् । विगत १५ वर्षदेखि भाषा प्रशिक्षक, परामर्शदाता हुँदै ठूलो अनुभव सम्हालेकाले आफूलाई व्यवसायी विश्वास गर्ने धारण राखे ।

‘फेकनले मेरो आबश्यकता माग गरेको छ । यो मागलाई पुरा गर्नका लागि मैले उपाध्यक्षमा उमेद्वारी दिएको छु ।’ मोटिभेट न्यूज डटकमसँगको कुराकानीमा उनले भने, ‘उमेद्वारी घोषणा पछि मलाई साथिहरुले ठूलो हौसला दिनु भएको छ । जिताउने प्रतिबद्धता समेत व्यक्त भइसकेकाले मेरो पल्ला भारी भएको छ ।’

अंग्रेजी साहित्यमा एम.एसम्मको अध्ययन गरेको ढकाल शिक्षा मन्त्रालयको टिआईटिआईबाट प्रशिक्षक प्रशिक्षण तालिम लिएका छन भने आईसीइएफ, इएनजेड प्रमाणपत्र समेत प्राप्त गरिसकेका छन् । एक कार्यकाल स्वतन्त्र शैक्षिक परामर्श संघको सदस्य पदमा रहिसकेका ढकाल सदस्यहरुविच निकै लोकप्रिय छन् ।

प्रष्ट वक्ता, निर्भिक एवं शालिन व्यक्तित्व भएका ढकालले फेकनको सचिवालयलाई व्यवस्थित गर्न, विभिन्न गन्तव्य देशका विभाग गठन गरी व्यवसायीको हितमा काम गर्न, सवैलाई काम गर्ने अवसर प्रदान गर्न, अन्तराष्ट्रिय सम्वन्ध प्रगाढ बनाउन, फेकन सहकारी अवधारणालाई मूर्त रुप दिन, कोभिडले थला परेको व्यवसायलाई सुदृढ गर्न तथा विभिन्न कलेज तथा विश्वविद्यालयहरु र व्यवसायी बीच संस्थालाई परिचित गराउन अहोरात्र लागि परेर काम गर्न आफ्नो उमेद्वारी रहेको बताएका छन् ।

२०७७ फागुन ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्