
काठमाडौं – नेपालमा पछिल्लो समय गुणस्तरीय शिक्षाको अवसर खोज्दै विदेश अध्ययन गर्न जाने क्रम बढ्दो छ। त्यो सँगै विद्यार्थीहरुलाई परामर्श दिन खोलिएका कन्सन्टेन्सीहरुको संख्या पनि बढ्दै गइरहेको छ। तरपनि उपत्यका बाहिरका विद्यार्थीहरु कतिपय अबस्थामा परामर्श लिने सिमित ठाँउका कारण असहज महसुस गरिरहेका हुन्छन् ।
त्यही अबस्था बुझदै स्थापनाकालदेखि नै आफ्नो छुट्टै पहिचान बनाउदै विद्यार्थीमाझ लोकप्रिय सक्सेस एजुकेसन कन्सल्टेन्सी बनेपाले विभिन्न कार्यक्रम मार्फत त्यो अभाव परिपुर्ति गर्दै आएको छ।
त्यसैको निरन्तरता स्वरुप सक्सेसले आगामी शनिबार अर्थात फागुन ८ गते बनेपामा अर्को एउटा अर्थपूर्ण कार्यक्रमको आयोजना गरेको छ। विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई स्टुडेन्ट भिजा स्पेसलिस्ट मार्फत परामर्श दिनका लागि कार्यक्रमको आयोजना गरिएको हो । खासगरी अस्ट्रेलिया, क्यानाडा, युके, न्युजल्याण्ड जस्ता देशहरु जान चाहने विद्यार्थीहरु कार्यक्रमबाट लाभाम्भित हुनेछन् ।
बिहान १०–३० बजेबाट सुरु हुने कार्यक्रमको मुख्य आकर्षणहरुमा विशेषज्ञ बाट परामर्श, छुट्टाछुट्टै परामर्श सेवा, तत्काल भर्ना र योग्य विद्यार्थीलाई छात्रवृत्तिको ब्यबस्था रहेको छ। कार्यक्रमले विद्यार्थीका सबैखाले जिज्ञासा र दुबिधाको अन्त्य गर्ने सक्सेस एजुकेसनल कन्सल्टेन्सीका सीइयो रोहित दङ्गालले जानकारी दिए ।
साथै थप जानकारीका लागि सक्सेसको कार्यलय वा ०११–६६३२९८ मा सम्पर्क गर्न पनि उनी आग्रह गर्छन् ।
२०७७ फागुन ५ गते प्रकाशित
