
काठमाडौं – स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन)का महासचिव भुपाल तामाङले बुधबार प्यानल घोषणा गरेका छन । आगामी शनिबार हुने निर्वाचनका लागि उनले आफ्नो अध्यक्षतामा प्यानल घोषणा गरेका हुन । उनको प्यानल घोषणा विवादित बनेको छ ।
अध्यक्षका उम्मेदवार तामाङले उम्मेदवारी घोषणा गर्दा ४ जना उपाध्यक्षको नाम सार्वजनिक गरेपछि विवादित बनेको हो । यद्यपी मनोनयन दर्ता नभएकाले यसलाई ठूलो इश्यु बनाउन नहुने उनको बताए । मनोनयन दर्ताको दिन उहाँहरु मध्ये २ जनाले मात्र मनोनयन दर्ता गर्ने उनको भनाई छ ।
‘उहाँहरुले पनि ४ जनालाई उपाध्यक्षको उम्मेदवार बनाएर चुनावी प्रचार गरे भैगोनी ।’ मोटिभेट न्यूज डटकमसँग कुरा गर्दै उनले विपक्षी प्यानलका उम्मेदवारलाई भने, ‘म अध्यक्षमा विजयी भएभने मेरो टीमका उपाध्यक्ष उहाँहरु हो भनेर स्पष्ट पार्न खोजेको मात्र हो । उहाँहरुले पनि टीम बनाए भैगोनी ।’
२०७७ फागुन ५ गते प्रकाशित
