News Portal

गरिब दुःखीको साहारा बन्दै मनोज

मोटिभेटन्यूज संवाददाता
४९ पटक

काठमाडौं – आजको दिनमा मानिस निकै मतलबी बनिरहेको छ । आफ्ना सुःख, सुविधा र एैस आरामको उपभोगका लागि मानिस जुनसुकै काम गर्न पछाडि पर्दैन । धन, सम्पति र पद प्रतिष्ठा आर्जन गर्नकै लागि मानिसहरु भागदौड गरिरहेका छन् । कतिपय मानिसरहरु त विशुद्ध आफ्नो स्वार्थपूर्तिका लागि विभिन्न आपराधिक कार्यमा समेत संलग्न हुने गरेका पछिल्ला घटनाक्रमहरुले देखाईरहेका छन् ।

यि सबै परिदृश्यबाट अलग रहेर वर्तमान समाजमा अपवादको रुपमा स्थापित हुँदै गरिब दुःखिहरुका समस्यामा साथ दिने उदियमान समाजसेवि हुन मनोज आचार्य । सानै उमेरदेखि समाजसेवाका कार्यमा संलग्न हुँदै आएका उनले कसैको समस्या देख्योकि कसरी सहायता गर्न सकिन्छ भन्ने कुराको पिर लिन्छन ।

मिडियामा खासै देखिन र सुनिन मन नलाग्ने उनको स्वभाव रहेको छ । त्यसैले पनि तराईका विभिन्न जिल्लाहरु तथा देशका विभिन्न स्थानहरुमा उनले गरेको सहयोग र समाजसेवाका कार्यहरु जो कोहिलाई थाहा छैन ।

वसन्त पञ्चमीको (सरस्वती पुजा) अवसरमा सर्लाहि जिल्लाको ईश्वरपुर नगरपालिकामा घरबार विहिन परिवारका लागि घर निर्माण गरि हस्तान्तरण गरेका छन । आशा शाह, जस्ले यो जुनिमा बस्नलायक घरको आशा नै त्यागेकी थिईन् उनका लागि आशाको सुनौलो किरण बनेर उनले घर निर्माण गरि हस्तान्तरण गरेका थिए । त्यस्तै भौतिक पूर्वाधारको कमी भई बालबालिकाहरुले जमिनमा बसेर पढ्नु नपरोस भनि विद्यालयहरुमा डेस्क, बेन्चहरु निर्माण गरि सहयोग गर्ने, युवा पुस्ताहरु कुलतबाट बच्नुपर्ने तथा स्वस्थ रहनुपर्ने भन्दै विभिन्न क्लब तथा विद्यालयहरुमा खेलकुद सामग्रीहरु वितरण गर्ने जस्ता कार्यहरु गर्दै आएका छन ।

सरकारको ध्यान नपुगेका ठाउँहरु, जहाँको मानिसहरुलाई सहयोगको जरुरत परीरहेको हुन्छ त्यस्ता ठाँउहरुमा सहयोग गर्ने उद्देश्य मनोज आचार्यको रहेको छ । कोरोना भाईरसको महामारीको समयमा स्वास्थ्यकर्मीहरुका लागि पिपिईको अभाव भएका बेला उनले सर्लाही जिल्लामा त्यसको व्यवस्थापनका लागि पनि सहयोग गरेका थिए । त्यस्तै क्वारेन्टाईनमा बसेका मानिसहरुका लागि स्वास्थ्य सामग्रीका साथै खानेकुराको बन्दोबस्त गर्न पनि उनले निकै सहयोग गरेको ईश्वरपूर नगरपालिकाका नेतृ आदिमाया तामाङ बताउँछिन ।

आफ्नै समस्यासँग जुध्न बाध्य वर्तमान परिवेशमा व्यक्तिगत समस्यबाट माथि उठेर समाजसेवामा आफूलाई समर्पित गर्ने मनोज आचार्यहरु जस्ता व्यक्तित्व हाम्रा लागि प्रेरणाको श्रोत बन्न सक्दछन् । उनलाई आफ्नो बचेको समय र श्रोत थोरै मात्र पनि समाजको हितमा खर्चिन सके समाज परिवर्तनमा सहयोग गर्न सकिने भएकाले यूवा पुस्ताहरुलाई समाजसेवामा लाग्न अनुरोध गर्नुहुन्छ । मनोज आचार्यको समाजसेवि व्यक्तित्वले आम नेपाली यूवाहरुलाई समाजसेवामा लाग्न अभिप्रेरित गर्ने कुरामा कुनै दुईमत छैन ।

२०७७ फागुन ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्