News Portal

स्टार खेलाडी नेइमार बिना पिएसजीद्वारा एमिनेस ५–० ले पराजित, बन्यो यस्तो इतिहास

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५८९ पटक
काठमाडौं

काठमाडाैं – फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले एमिनेसलाई ५–० ले हराएको छ। यो संगै सिजन लिगमा अहिलेसम्म भएका सबै खेलमा लगातार १० औँ जित दर्ता गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई जिताउने क्रममा मार्क्वीन्होस्, राबिओत, ड्रेक्सलर, एमबाप्पे र डिएबीले गोल गरे । पहिलो हाफमा दुई गोल भएको हो भने दोस्रो हाफमा तीन गोल भयो।

स्टार खेलाडी नेइमार, थिएगो सिल्भा र थोमस मुनिएर बिनाको टिम पिएसजीका लागि १२ औँ मिनेटमा मार्क्वीन्होसले गोल गर्दै पिएसजीलाई सुरुवाति अग्रता दिलाए । ४२ औँ मिनेटमा राबिओतले गोल गरेपछि पहिलो हाफमा पिएसजीले २–० को अग्रता लियो ।

८० औँ मिनेटमा ड्रेक्सलर, ८२ औँ मिनेटमा केलियन एमबाप्पे तथा ८७ औँ मिनेटमा डिएबीले गोल गरेका हुन् । एमबाप्पेले यो सिजन लिगका १० खेलमा ११ गोल गरिसकेका छन् ।

पिएसजीले १० खेलमा ३७ गोल गरिसकेको छ । यसअघि सन् १९६९–७० को सिजन सेन्ट–इतिएनीले सुरुका १० खेलमा ३७ गोल गरेको थियो । जितपछि शीर्ष स्थानको पिएसजीको १० खेलबाट ३० अंक भएको छ ।

२०७५ कात्तिक ४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्